सहसचिव ई. गणेश राज वस्तीको कविता :- भोजन

आफैं आफैं रमाएर
आफ्नै
अर्को हात समाएर!
तलमाथि गर तिमी
अरूको भर
नपर तिमी!

बिज्ञापन

आफ्नो साथी
आफैं हुन सिक
हातहरू दुईटा आफ्ना
आफैंले समाऊ !

बिज्ञापन

यस्तै भिडमा तिमी छौ
हास्छौ वा के कति रुन्छौ?

धेरै रमिता नि राम्रो हुन्न!
रमितेहरू फेरि
आफ्नो हुन्न!

बिज्ञापन

बाहिरी खुशी क्षणिक हुन्छ!
भित्री खुशीले आनन्द दिन्छ!

सत्य स्विकारे सहज हुन्छ!
एक्लै आउने
एक्लै जाने
बाटो सदा सफा देखिन्छ!

खटनपटन माथिकै छ!
नित्य सत्कर्म मात्रै
गरेदेखि हाम्रो छ!

को राम्रो को नराम्रो
भन्न र मान्छे गन्न छोडिदेऊ!

सत्सङ्ग र सत्कर्ममा लाग्दै
परनिर्भरता घटाउँदै
यथार्थतालाई स्विकार्दै
आफ्नै दुईहात समाऊ!
आफैंभित्र आफू रमाऊ!

तिम्रो नियन्त्रणमा
यो संसारमा
धेरै त्यस्तो केही छैन!
र,
त्यस्तो भएपनि गर्नु हुँदैन
किनकि तिम्रो सुबिधाको खोजिमा
अरूको सुबिधा उपरको दमन राम्रो हुँदैन!

संधै बाच्ने यहाँ
कोही हैन!
अत्यन्त धेरै बाँचे पनि कष्ट छ !
न्यून जिए त झन् रोदन छ!

यहाँ,
हर मानिसको यस्तै भोजन छ!
यहाँ,
हर मानिसको यस्तै भोजन छ!

(ई. वस्ती गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव हुन ।)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष