स्वप्नको अन्त्य

इलामको एउटा सानो गाउँमा जन्मिएका सुवास बाल्यकालदेखि नै मिहिनेती, बुद्धिमान, र महत्त्वाकांक्षी छन्। उनलाई आफ्नो गाउँ र देशलाई केही ठूलो योगदान दिनुपर्ने सपना देख्ने आदत छ। मिडल स्कुलपछि सुवास काठमाडौँ जान्छन्। त्यहाँ उनी उच्च शिक्षा लिन्छन् र सहरको व्यस्त जीवनसँग परिचित हुन्छन्। पढाइ सकेपछि, परिवारको आर्थिक अवस्था सुधार्न र भविष्यका लागि केही जम्मा गर्न सुवास दुबई जान्छन्। पाँच वर्ष त्यहाँ मेहनत गरी फर्किन्छन्।

बिज्ञापन

दुबईबाट फर्केपछि, उनी दुर्गासँग विवाह गर्छन्। दुर्गा गाउँकै शिक्षित, परिश्रमी र समझदार केटी हुन्।सुवास आफ्नो गाउँमै केहि गर्ने सोचले दुधजन्य पदार्थको उद्योग खोल्छन्। शुरुवातमा, व्यापार राम्रै चल्छ, र देशभरि आफ्नो उत्पादन सप्लाई गर्न थाल्छन्। बिस्तारै, उनको व्यापारले अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता पाउन थाल्छ र विदेशबाट समेत डिमाण्ड आउन थाल्छ।

बिज्ञापन

व्यापार बढाउन सहकारीबाट ऋण लिएर कम्पनीको दर्ता गर्छन्। उच्च स्केलमा व्यापार गर्दै जाँदा, सुरुमा सबैकुरा राम्रोसँग चलिरहेको देखिन्छ।तर, देशको आर्थिक मन्दिले व्यापारमा असर पार्न थाल्छ। माग घट्दै जान्छ, र नाफा घट्दै जान्छ।सहकारीको ऋण तिर्न गाह्रो हुँदै जान्छ। कम्पनीको लागत कम गर्न, उनले गाडी, घर, र सुन बेच्न थाल्छन्। तर, समस्या झन् गम्भीर बन्दै जान्छ।यस बीचमा, आफन्तहरू पनि पराइ बन्दै जान्छन्। सुवास र दुर्गाको सम्बन्धमा पनि तनाव आउन थाल्छ।परिस्थिति असह्य भएपछि, सुवासले आत्मदाह गर्ने निर्णय गर्छन्। उनी श्रीमती र देशलाई सन्देश लेखेर विदा लिन्छन्।

सुवासको जीवनले नेपालमा युवा उद्यमीहरूको सङ्घर्ष, सहकारीहरूको दुर्व्यवहार, र आर्थिक मन्दिको असरलाई उजागर गर्छ।सुवासको सपना देश र समाजलाई केही योगदान दिनु थियो, तर परिस्थितिले उनको जीवनलाई बर्बाद गरिदियो। तर, उनको बलिदानले समाजमा केही परिवर्तनको बीउ रोप्न सक्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष