बिहिबार दिँउसो गृहमन्त्री रमेश लेखकले दुई सहसचिवको महाशाखा हेरफेर गरे । प्रशासन महाशाखाका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका झक्क प्रसाद आचार्यलाई कर्मचारी प्रशासन महाशाखाबाट नीति योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सारेर उक्त महाशाखामा छवि रिजाललाई ल्याएका छन् । यस अघि चितवन स्थित सिमलताल दुर्घटना अध्ययन कार्यदलको संयोजन गरेका थिए । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्यलाई यसअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।
उनै आचार्यलाई साँझको क्याविनेटले महत्वपूर्ण जिम्मेवारी दिएर विदेश पठाउन लागेको छ । हिजो बसेको क्याविनेटले विभिन्न चार देशमा महावाणिज्यदूत नियुक्ति सिफारिस गरेको छ । यस अघिको सरकारले महावाणिज्यदूत नियुक्ति गर्नका लागि भन्दै परराष्ट्रमा पठाएको नवराज ढुङ्गना र नारायण प्रसाद भट्टलाई प्रदेशतिर खटाएर त्यहाँ गृहबाट दुई,उद्योगबाट एक र सामान्य प्रशासनका एक जना सहसचिवलाई परराष्ट्रमा खटाउने निर्णय गरेको हो ।
बिज्ञापन
हिजोको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको हो । आचार्य गृहबाट, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) का लेखक र गृह मन्त्रालयकै सहसचिव खनाललाई रिक्त महावाणिज्य कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासा पठाउन लागिएको हो ।