१०५ दिनदेखि इन्सपेक्टर सम्पर्कविहीन

गृह मन्त्रालयले १०५ दिन देखि गायब भएका प्रहरीका प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्रलाई मातहतको निकायबाट सम्पर्क हुन पत्राचार गरेको छ । गत वैशाख १० गतेदेखि १५ दिनको बिदा स्वीकृत गराएर बसेका डा मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन गृह मन्त्रालयले निर्देशन दिएको हो ।
गृहले शुक्रबार सूचना जारी गर्दै सात दिन भित्र स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न भनेको हो । पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेको थिए । गत वैशाख २५ सम्मको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै मन्त्रालयले हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरेको हो ।

बिज्ञापन

शुक्रबार सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयको सचिवस्तरीय निर्णयमा भनिएको छ ।

बिज्ञापन

बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने मन्त्रालयको सचिवस्तरीय निर्णयमा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

कमल भट्टराईको एक्सनमा बैदेशिक रोजगार विभागको मुहार फेरिँदै

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

कम्युटर अपरेटर र सर्भेक्षकसहित १८ कर्मचारीको सरुवा

३२ जना नासुको सरुवा (सूचीसहित)

२२ जना खरिदारको सरुवा

सुनिल पौडेलसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२५ करोड काण्डको बास्तविक मालिक को हो ?

बिशेष