खरिदार, नासु र अधिकृतहरुको गुपचुप सरुवा

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । विभागले १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा गरेको जनाइएको छ ।

बिज्ञापन

सरुवा गरिएकामध्ये अधिकांश काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् । एउटा कमाऊ कार्यालयबाट अर्काे कमाऊ कार्यालयमा कर्मचारीहरुको सरुवा गरिएको बताइएको छ । ऐन अनुसार असोजमा खरिदार र नासुहरुको सरुवा गर्ने व्यवस्था भए पनि दुई महिना अगाडि नै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरु चलाइएको हो ।

बिज्ञापन

साउन १५ सम्म निवेदन लिने, भदौं १५ अन्तरमन्त्रालय र विभागले भदौं पछि सरुवा गर्ने गरिदैं आएको भए पनि  साउनको दोश्रो सातामै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरुको सरुवा गरिएको हो ।

यद्यपि भूमि व्यवस्था विभागले १५ जना कर्मचारीको पदस्थापन गरिएको र केही कर्मचारीको काज सरुवा गरेको जनाएको छ । यो बिषयमा विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटासँग जिज्ञासा राख्दा विदेशीसँग मिटिङमा रहेको छु भन्दै प्रतिक्रिया दिनबाट पन्छिए ।
विभागले गरेको यो सरुवाको बिषयमा मन्त्रालयका सचिव,मन्त्रीसम्म बेखबर रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कम्युटर अपरेटर र सर्भेक्षकसहित १८ कर्मचारीको सरुवा

३२ जना नासुको सरुवा (सूचीसहित)

२२ जना खरिदारको सरुवा

सुनिल पौडेलसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२५ करोड काण्डको बास्तविक मालिक को हो ?

केरूङबाट काठमाडौं आउँदै गरेको गाडी पछाडि स्याउ, अगाडि सुन

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने

मूलखर्कमा ढलानको नाममा खेलवाड : ठेकेदार र कर्मचारीको सेटिङमा गुणस्तरहीन काम

बिशेष