चार सहसचिवको सरुवा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार सचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री दीपक खड्काले चार सहसचिवको आन्तरिक सरुवा गरेका हुन ।

बिज्ञापन

जस अनुसार ६ महिना नबित्दै उर्जा विभागका महानिर्देशक परिवर्तन गरिएको छ। यस अघि गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललाई सरुवा गरेर उर्जा मन्त्री दीपक खड्काले त्यहाँ नविनराज सिंहलाई खटाएका हुन ।सिंहले यस अघि नै दुई पटकसम्म विभागको महानिर्देशकको नेतृत्व गरिसकेका छन् । तेश्रो कार्यकालका लागि उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको हो ।

बिज्ञापन

उनी ०७३ असोज १७ देखि २०७५ पुस १६ गतेसम्म झण्डै दुई बर्ष विभागमा पहिलो पटक महानिर्देशक चलाइसकेका हुन । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको भूमिकामा रहेका थिए । पछिल्लो समय उनलाई मन्त्रालयको अति महत्त्वपूर्ण मानिने नीति महाशाखाको जिम्मेवारी तोकिएको थियो ।ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ ।

त्यस्तै महाशाखामा ऊर्जा आयोगका चिरञ्जीवी चटौतलाई ल्याइएको छ भने जीवछ मण्डललाई चटौतको ठाउँमा पठाइएको छ । यस्तै सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष