चुडिएर त्यान्द्रो आज !
धेरैधेरै…… टुक्रा भयो!
निभेर दियो आज
धरती नै… कता…कता गयो!
बादलकै राज चल्यो!
निलो आकाश कता गयो?
के भयो?किन भयो?
अचानक यस्तो भयो!
मुटुहरू जोड्ने त्यान्द्रो
आज!
क्षणभरमै टुक्रा….टुक्रा भयो!
टुक्राहरू बढ्दै गयो!
टुक्राहरू पनि क्रमशः
धुजाधुजा हुँदै गयो!
बलिरहेको धर्तीले
अचानक!
कसरी पो हो?
आफ्नो स्वरूप फेर्दै गयो!
अनायसै कालो भयो!
अनायसै कालो भयो!
गणेश वस्तिको कविता :-झट्का!

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%