असारको मिति राखेर साउनमा तालिम, अख्तियारले हान्यो छापा

गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम हलमा अख्तियारले छापा मारेको छ ।

बिज्ञापन

अवैधानिक ढङ्गले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै स्थानमा छानबिनकालागि अख्तियारको टोलिले छापा मारेको हो।

बिज्ञापन

गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्ये साउनमा कार्यक्रमको उद्घाटन गरेको छ। उपमेयर साहले कर्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरु कार्यक्रम सहभागीहुनु र सबैको आँखा अगाडीनै कार्यक्रमको मिति एक महिना अगाडीको राख्नुले नै नगरमा बेथितीको चरम उत्कर्ष पार गरेको स्थानियहरु बताउँछन्।

गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा २ को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ कोे समन्वयमा नियम विपरित अभिमुखिकरण कार्यक्रम संचालन भईरहेका पाइएकोे छ। न्यायिक समितिको अगुवाईमा भईरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेल मिलापकर्ताहरुलाई अहिले आएर तालिम दिएको खुलेको छ। असारमै सक्नु पर्ने कार्यक्रम साउनको १३ गते देखि १६ गतेसम्म हुने नगर उपप्रमुख मानती साहले जानकारी दिए।  तालिम अहिले भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गतेसम्मको समय राखिएको छ। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट जसरी पनि पचाउनु पर्छ भन्ने मनासायले अहिले कार्यक्रम गरिरहेको वडाअध्यक्षहरु नै बताउँछन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष