एकै पटक २२ सचिवको सरुवा

काँग्रेस र एमाले गठबन्धनको नयाँ सरकार बनेसँगै कर्मचारीहरुलाई भकुण्डो बनाउने क्रम शुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले पहिलो पटक झण्डै दुई दर्जन सचिवहरुलाई यता उता पारेको छ । आइतबारमात्र सचिवहरुसँग सात घण्टा लामो निर्देशन दिएको भोलिपल्टै २२ मन्त्रालय,आयोग,कार्यालयका सचिवहरु यता उता पारिएको हो ।

बिज्ञापन

जस अनुसार,अर्थ सचिवको जिम्मेवारीमा रहेका मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा खटाएर त्यहाँ राजश्व सचिव डा रामप्रसाद घिमिरेलाई सारिएको छ । घिमिरे राजश्व सचिवका रुपमा कार्यरत थिए ।  मधु मरासिनीलाई उपराष्ट्रपति कार्याल्यमा खटाउने तयारी भइरहेको खबर यस अघि नै कर्मचारी प्रेसले प्रकाशन गरिसकेको थियो ।

बिज्ञापन

यस्तै राजश्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाई दिइएको छ ।यस्तै रक्षा सचिव किरणराज शर्मालाई वीत्त आयोगमा पठाइएको छ । शर्मा दुई बर्ष भन्दा बढी समयदेखि रक्षा मन्त्रालयका कार्यरत थिए । उनी पिआर प्रकरणमा मुछिएर विवादमा तानिएका छन् । यस्तै किरण शर्माको ठाउँमा ल्याइएको छ,अख्तियारबाट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घनश्याम उपाध्यायलाई लगिएको छ भने सामान्य प्रशासनका सचिव मुकुन्द प्रसाद निरौला श्रममा पुगेका छन् । यस्तै सामान्य प्रशासन मन्त्रालयमा भरत सुवेदी आइपुगेका छन् । यता सञ्चारमा राधिका अर्याललाई जिम्मेवारी दिइँदा लोकसेवा आयोगमा खटाइएको छ भने लोकसेवा आयोग पुगेका छन्,डिल्लीराम शर्मा ।

बैठकले १५ देशका लागि राजदुत नियुक्त समेत गरेको छ ।जस अनुसार सरकारले भारतमा शंकर शर्मा र अमेरिकामा लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष