साउन ४ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएको दुई गरी ४ जनाको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बिज्ञापन
पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षिय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ्ग बसपार्क बस्ने १८ वर्षिय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा सो नदिमा डुवेर बेपत्ता भएको थिए ।
बिज्ञापन
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरुको शव फेला पारेको हो । फेला परेका दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाईएको छ ।
यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव साउन ४ गते नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा निकालिएको छ । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षिय होम बहादुर बुढाथोकी र दाङ्ग जिल्लाको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षिय रवि दर्लामी मगरलाई नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो ।
सो घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट खटिएको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा जुटेको थियो ।