प्रीय श्रावण

 

बिज्ञापन

सबै भन्दा प्रीय महिना श्रावण
तिमिलाई याद छ प्रीय ???
मैले तिम्रो लागी,
हरियो चुरा,
हरियो पोते,
हरियो धागो
र मेहेन्दी किनेर दिएको थिए नि !!!!

बिज्ञापन

तिमिले मैले दिएको
यि चिजलाई अस्विकार गर्‍यौ नि??
श्रावण महिना वितिसक्यो,
तर तिमिले मैले दिएका कुनै
चिजहरु लगाईनौ नि ?
किन सानी ????
मेरो मायामा खोट थियो र?
तिम्रो दिल भित्र चोट थियो र ?
हरियो चुरा र हरियो पोते दिनु
मेरो दोश थियो र????????

प्रीय श्रावण महिना,
शिवजीको प्यारो महिना !!
शिवजीलाई खुशी बनाउन,
पार्वतीले श्रावण महिना भरि,
हरियो बस्त्र लगाएकी थिन रे
तर तिमिलाई,
मलाई खुशी बनाउन मन लागेन ?
मेरो मायामा डुब्न मन लागेन ?
एक अर्कालाई चुम्न मन लागेन ?
किन सानी????????

बिज्ञापन

म सोच्दै थिए प्रीय!!
तिमिले दिएको
हरियो चुरा,
हरियो पोते,
,हरियो धागो र मेहेन्दी
श्रावण महिना भरिलाई मात्र हो र????????

म सोच्दै थिए प्रीय !!
चुरा,धागो,पोते र मेहेन्दी,
चुडिएर जाने चिज हो !!
तर हाम्रो माया,
जिवन भरि नचुडियोस !!
सधै भरि हरियाली छाईरहोस !!
मनमा उमंग आईरहोस !!
एक अर्काको साथ मिलिरहोस !!!!

त्यसैले त प्रीय,
दुई दिनमै फुट्ने चुरा हैन,
जिवन भर पुग्ने माया देउ !!
चुडिएर जाने धागो हैन,
फैलिएर जाने माया देउ !!
छिनिएर जाने पोते हैन,
टिकाएर जाने सम्बन्ध देउ !!
खुईलिएर जाने मेहेन्दी हैन,
नमेटिने रगतको साईनो देउ !!

त्यसैले त प्रीय हरेक महिना,
तिमिलाई र मलाई,
श्रावण आएझै लागिरहोस् !!
श्रावण आएझै लागिरहोस् !!!!!

(अमृता कार्की, सोलुखुम्बु )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष