कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

बिज्ञापन

पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको पनि शव फेला परेको छ ।

बिज्ञापन

यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिए । ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

बिज्ञापन

कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयमार्फत सकुशल उद्धार गरिएको एसपी थापाले बताए ।

बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

बिशेष