नरहाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर

काठमाडौँ । सिराहाको नरहा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर गरिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो तोकेर मुद्धा दायर गरेको छ ।

अख्तियारले भनेको छ- ‘गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट रु.६,२०,०९६।- बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरे/गराएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.६,२०,०९६।- (छ लाख बीस हजार छयानब्बे रुपैयाँ) बिगो कायम गरी मुद्धा दायर गरिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले निकट गिरी घुस खाएको आरोपमा अख्तियारबाट पक्राउ

आफू अनुकुलको उपसचिव लैजान मन्त्रीलाई आधा करोड घुस अफर गर्ने विचौलिया निलम्बित

अन्तिम समयमा विशेष छानबिन समिति नै विभाजित : सत्तापक्ष एकातिर,प्रतिपक्ष अर्काेतिर

गृहका १८ शाखा अधिकृत र ५ सुब्वाले सिंहदरबार छाड्न मानेनन

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

“निजामती प्रशासनमा कोतपर्व” सार्वजनिक:- एक ऐतिहासिक पुस्तक विमोचन कार्यक्रममा बुद्धिजीवीहरूको उपस्थिति

प्रधानमन्त्रीको विदेश भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्दै

‘अडिओ’मा मुछिएका मन्त्री बलराम अधिकारीमाथि अख्तियारको निगरानी : बयान लिन खोज्दा अनुसन्धानमै ‘सकस’

बिशेष