अवैध चिनी छाडेको भन्दै सशस्त्रका एसपी तानिए

सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा संलग्नलाई सघाएको आरोपमा मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन्।

बिज्ञापन

स्राेतकाअनुसार विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट हुने तस्करीमा संलग्नलाई सघाएर असुली गरेको आरोपमा उनलाई हेडक्वार्टर तानिएको हो। उनी गत फागुन पहिलो साता मोरङमा हाजिर भएका हुन्। भन्सार छली गरेर नेपाल भित्र्याइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप उनीमाथि लागेको छ।

बिज्ञापन

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए।एक महिना अघि भारतबाट तस्करी गरी ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो।बरामद चिनी र तस्करीमा प्रयोग भएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा नबुझाई मोटो रकम लिएर त्यत्तिकै छाडिदिएको आरोप रहेको छ।

आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौं तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए।डीआईजी न्यौपानेका अनुसार तस्करीलगायतका अवैध धन्दा नियन्त्रणमा लिन र कारबाही गर्न मातहतका युनिटलाई आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएका छन्। ‘आईजीपी साबले अवैध धन्दा नरोकेमा र तस्करको समूहसँग मिलेमतो गरेमा कारबाही गर्छु भनेर स्पष्ट निर्देशन दिनु भएको छ। पछिल्लो समयमा निर्देशनको पालना भयो कि भएन भनेर बुझ्नुपर्ने भयो,’ उनले भने, ‘आन्तरिक हिसाबले पनि केही कुराको जानकारी लिनुपर्ने अवस्था आयो। त्यही भएकाले एसपी खड्कालाई हेडक्वार्टर तानिएको हो।’

बिज्ञापन

न्यौपानेले खड्काका बारेमा बुझ्ने काम भइरहेको बताउँदै गलत गरेको पाइएमा कारबाही गरिने जानकारी दिए।

मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटर रहेको छ । ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका रहेको छ । तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यसैगरी पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो । रतुवामाई नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागञ्ज, खैरवनादेखि लाखौं रुपैयाँको सामान खुलेआम तस्करी हुने गरेको छ ।

विराटनगरमा लत्ताकपडाको तस्करीको लाइन बब्लु अग्रवाल, सुरेश यादव, सबनम, अकबरलगायतले गर्ने गरेका छन् । बरगाछी घर भएका बब्लुले विराटनगर एयरपोर्टबाटै तस्करीका कपडा काठमाडौं पठाउने गरेको बताइन्छ । मर्टेवा नाकाबाट समसुल मियाँले मटर, केराउ, सुपारी, मरिच लगायतका सामान भारततर्फ अवैध रुपमा पठाउने गरेका छन् । यस्तै जुनेद भन्ने तस्करले राँगा भैसी र किराना आइटमको तस्करी गर्ने गरेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।