निजामतीमा ३७ बर्षे अनुभव बटुलेका पूर्व सचिवलाई प्रदेश लोकसेवा अध्यक्षको जिम्मेवारी

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका गुरागाईले निजामती सेवामा ३७ बर्षको अनुभव बटुलेका छन् । उनी शाखा अधिकृत,उपसचिव,सहसचिवदेखि सचिव हुँदासम्म लोकसेवा आयोगमा बसेर अनुभव बटुलेका कर्मचारी हुन ।

बिज्ञापन

आयोगको अध्यक्ष पद गत फागुनदेखि रिक्त थियो । पूर्व सचिव तथा अध्यक्ष उद्धवभट्टराई फागुनमा घर गएदेखि रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगले चार महिना पछि अध्यक्ष पाएको हो । नेपाल विद्युत कर्पोरेशन (हाल नेपाल विद्युत प्राधिकरण) क्लर्कबाट सरकारी सेवामा प्रवेश गरेका गुरागाईले ०४२ वैशाखमा न्याय सेवाको खरिदार (डिठ्ठा) मा महान्यायाधिवक्ताको कार्यालयमा नियुक्ति पाई निजामती सेवामा पाइला राखेका हुन । २०४६ सालमा नायब सुब्बा नाम निकालेपछि सञ्चार मन्त्रालय अन्तरगत हुलाक सेवा विभाग हुँदै

बिज्ञापन

उप सचिव रहँदा सोलुखुम्बु जिल्लामा स्थानीय विकास अधिकारी, स्वास्थ्य मन्त्रालय हुँदै लोक सेवा आयोगमा काम गरेका उनी सहसचिवमा उक्लिएपछि सञ्चार मन्त्रालय,लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा क्षेत्रीय निर्देशक, सामान्य प्रशासन हुँदै लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयय चार चार वर्ष काम गरेका उनी सचिवमा बढुवा भएर ६ मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासकका रुपमा काम गरेका गुरागाईलाई पुन लोकसेवा आयोगमा खटाइएको थियो । झण्डै २० महिना उनी लोकसेवा आयोगका सचिवको जिम्मेवारीमा रहे । प्रधानमन्त्री कार्यालय हुँदै पुन लोकसेवा आयोगको सचिवबाट अवकाश पाएका हुन उनले ।

गुरागाइका परिवारका सातै जना सरकारी सेवामा कार्यरत थिए । देवकुमारी गुरागाई केही महिना अगाडिमात्र सचिव पदबाट रिटायडए भइसकेकी छिन । महेन्द्रका भाइ तथा बहिनीहरु पुष्पप्रसाद गुरागाईं, झइन्द्रप्रसाद गुरागाई,सरस्वती गुरागाईं, दोनुका गुरागाईं र चिरञ्जीवी गुरागाईं सरकारी सेवामा छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

अधिकार नै खोस्ने खेल’: सीडीओद्वारा सत्याग्रह रोकिँदा निजामती कर्मचारी आक्रोशित

बिशेष