शिक्षकहरुले भदौं २९ भित्रै सम्पत्ति विवरण बुझाउनुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखाना (शिक्षक)ले देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको छ । राष्ट्रिय किताबखाना (शिक्षक)ले आगामी भदौ २९ गतेभित्र शिक्षकलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ ।

बिज्ञापन

राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्न भनेको हो ।

बिज्ञापन

किताबखानाद्धारा आज जारी सार्वजनिक सूचनामा सामुदायिक विद्यालयका स्थायी शिक्षकको आर्थिक वर्ष २०८०/ ०८१ को सम्पत्ति विवरण सम्बन्धित विद्यालय वा स्थानीय तहले संकलन गरी जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइहरुमा बुझाउन भनिएको छ ।

इकाइहरुले जिल्लाका सबै विद्यालय शिक्षकहरुको एकमुष्ट विवरण आगामी साउन १ गतेदेखि भदौं २९ गतेभित्र अनिवार्य रुपमा किताबखानामा पठाउनुपर्नेछ । त्यस्तै, विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारीले पनि आफू कार्यरत स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ । त्यस्तो विवरण स्थानीय तहले दर्ता गरी सुरक्षित राख्नुपर्छ ।

बिज्ञापन

अध्ययन, असाधारण र अन्य बिदा, लामो काज वा निलम्बनमा रहेका शिक्षकलाई पनि तोकिएको म्यादभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिँदै किताबखानाले २०८० साउन १ गतेदेखि ०८१ असार मसान्तसम्म सेवानिवृत्त भएका शिक्षकले समेत विवरण पेश गर्नुपर्ने जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने कानूनी अवस्था छ ।

समयमा सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार जरिवाना तिराउँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

बिशेष