‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलवार (२०८१ असार १८ गते) बाट ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ ।
प्रदर्शनीको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलालगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
उपकुलपति लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश ग्रासरुटसम्म लैजान जरुरी भएको बताउनुभयो । राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका बारे उजागर गरेको र प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । सहसचिव भीष्मकुमार भुसालले कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने बताउँदै यसको सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन सके अझ महत्त्वपूर्ण हुने कुरा राख्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताउनुभयो । साथै उहाँले कलामार्फत मानव तथा प्रकृतिलाई बचाउन के–कस्तो भूमिका खेल्न सकिन्छ र यसलाई सामाजिक जागरणको अभियानमा कसरी लान सकिन्छ भनेर सोच्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख तथा कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले चित्रकारको चित्र आएर नै यो कार्यक्रम सफल भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ प्राज्ञसभा सदस्य जुपिटर प्रधानलगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष