स्व.दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार रायन घिमिरेलाई

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ किर्तिपुर स्थित नेपाल एपीएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ ।

बिज्ञापन

असार १७ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवको अवसर पारेर संघकी उपाध्यक्ष साबित्रा कुमारी जैसिले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
यसअघिका वर्षहरुमा सो पुरस्कार नेपाल एपीएफ स्कुल किर्तिपुरका छात्रहरु आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।

बिज्ञापन

स्व.पाठको स्मृतीमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरुद्धारा सामूहिक रुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुनेछात्र तथा छात्रालाई प्रदान गरिदै आएको छ ।
स्व.पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ गरि दुईवटा एल्बम बजारमा ल्याएका थिए । गीत संगीतमा रुची राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधी समेत हात पारेका थिए ।

गीत लेख्ने, संगीत दिने र आफै गाउने समेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङ्गको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परि उनको निधन भएको थियो ।

बिज्ञापन

डिएसपि शैलेन्द्र थापा ( स्मरणीय छ हामी एकै ब्याचका हौं )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

बिशेष