नक्कली कम्पनी खडा गरी ३२ सय केजी सुन तस्करी भएको सीआईबीको निष्कर्ष 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लोपटक भएको सुन तस्करीको अनुसन्धान सकिएको जनाएको छ । प्रहरीले यस अघि भएको ६० केजी  सुन तस्करीमा पूर्व सभामुख  कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको जनाएको छ ।

बिज्ञापन

प्रहरीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष सीईबीले निकालेको छ । ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।

बिज्ञापन

सीआईबीले यो तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेको र तीमध्ये २४ जना पूर्पक्षका लागि थुनामा रहेको जानकारीसमेत दिएको छ । तस्करीमा संलग्न केही व्यक्ति अझै फरार छन् ।सीआईबीले अनुसन्धानपछि विभिन्न आठ अभियोगमा ४६ जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ। उनीहरु विरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता, हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज किर्ते समेत आकर्षित हुने भएकाले उक्त अभियोग दाबी गरेर मुद्दा चलाउनुपर्ने राय सीआईबीको प्रतिवेदनले दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि. बाट १ हजार ३ सय ३ दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा. लि.बाट ६३२ दशमलव ७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रा. लि.बाट ७१६ दशमलव ८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा. लि.बाट १७० दशमलव ८ र रेडि ट्रेड प्रा लिबाट ७ दशमलव ५ केजी सुन पैठारी भएको बताएको हो । सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।

बिज्ञापन

यी  कम्पनीमार्फत कुल २ हजार ८३१ दशमलव ८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपैयाँ हुन जाने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष