भौतिकका इञ्जिनियर सेवाबाटै हटाइए

यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर राहुल पंजियारलाई सेवाबाट हटाइएको छ ।
उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सचिवस्तरीय निर्णयबाट सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर २४५६८२) रहेका पञ्जियार ६ महिनादेखि मन्त्रालयको सम्पर्कमा नआएको र सम्पर्कविहिन रहेका कारण उनलाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

गत बर्ष मंसिर १२ गतेदेखि पुस १ गतेसम्मको बिदा स्वीकृत गराएका उनी पुस ४ गते विभागमा हाजिर हुनुपर्नेमा बिना सूचना अनुपस्थित रहेसँगै मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको थियो तर लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका स्पष्टीकरण सोध्दा सो को समेत जबाफ नदिएका उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

Customs employee involved in crores of rupees’ worth of swag theft, customs chief suspended

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

बिशेष