राजीनामा दिएनन् मुख्यसचिवले,विशेष पद सिर्जना गरेर योजना आयोगमा सिफ्ट

६ वटा बिषयमा अनियमिततामा डामिदा र भ्रष्टाचार मुद्धा चल्दा समेत राजीनामा नदिएका मुख्यसचिव बैकुण्ठ अर्यालका लागि विशेष दरबन्दी सृजना गरिएको छ । आज बसेको आकस्मिक बैठकले मुख्यसचिव बैकुण्ठ अर्यालका लागि विशेष दरबन्दी सृजना गरेको हो ।

बिज्ञापन

भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।आज बसेको क्याविनेट बैठकले विशेष पद सिर्जना गरेर उनलाई आयोगमा लैजाने निर्णय गरेको हो । सरकारले भ्रष्टचार मुद्धा चल्दैमा कोही दोषी प्रमाणित नहुने जिकिर गर्दै राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरिएको हो ।

बिज्ञापन

मुद्दा अवधिभर बैकुण्ठको पद स्वतः निलम्बनमा हुन्छ । यद्यपि रिक्त भएको अवस्था होइन । एकातिर बैकुण्ठ अर्याल निलम्बनको अवस्थामा छन्, अर्कोतिर पद रिक्त भएको छैन । त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।

आज बिहान बसेको क्याविनेट बैंठकले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको छ । यस्तै,अर्याल स्वत निलम्बित भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौला कामु मुख्य सचिवको भूमिकाको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाश पाएको महिना दिन पछि नै पूर्व सहसचिवलाई कार्यदलको जिम्मेवारी

नियुक्ति,सरुवा,बढूवादेखि ऋृण स्वीकृतिसम्म : यस्ता छन् क्याविनेटका १८ निर्णय

अर्थका शाखा अधिकृतदेखि सहसचिवसम्म सरुवाको तयारी

मालपोत हाकिम बन्न ५० लाख! मन्त्री बलराम अधिकारी र प्रमोद खड्काको सेटिङ प्रकट

मन्त्रीबाट हटाइने सूचना पाएपछि विचौलियाको स्वार्थ अनुसार फेरिए मालपोत प्रमुख

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

बिशेष