कर्मचारीको माग सम्बोधन गर्न मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति

गत सातादेखि आन्दोलनतरत संघीय संसद सेवामा कर्मचारीको सेवा सुविधा बढाउने बिषयमा तीन सदस्यीय समिति गठन भएको छ । कार्यालय समयभन्दा अगाडि वा पछाडि काम गरेको प्रोत्साहन भत्ता पाउनुपर्ने माग राख्दै गत साता देखि आन्दोलनरत संघीय संसद सेवाका कर्मचारीहरुको माग सम्बोधन गर्ने कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा वैकुण्ठ अर्याल र संघीय संसदका महासचिप पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गरेका थिए ।

बिज्ञापन

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।

संसद् सचिवालयका कर्मचारीहरू अतिरिक्त समयमा काम गरेको पारिश्रमिक, तलब भत्ता, आवास भत्ता, शैक्षिक भत्ता वृद्धि लगायतका ११ बुँदे माग राख्दै जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।

बिज्ञापन

अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले संसद बैठकमा ‘ब्ल्याक आउट’ गर्दा संसद् बैठक नै प्रभावित हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बिशेष