सरकारको बजेटबाटै ५० करोड गायब

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटबाटै ५० करोडको हिसाब गोलमाल भएसँगै तनाव निस्किएको छ । गत असार १ गते गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि झण्डै ३३ अर्बको ४२ करोडको बजेट सार्वजनिक गरेको थियो ।

बिज्ञापन

गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८ दशमलव ०१ र पुँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात् ६० दशमलव ०४ प्रतिशत बजेट विनियोजन भएकोमा समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, सशर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने बताइएको थियो ।

बिज्ञापन

बजेटको पूरा आकार र खर्च व्यहोर्ने स्रोतको हिसाब किताबमा ४९ करोड ९ लाख ७५ हजार नमिलेसँगै प्रतिपक्षीले संसद बैठक अवरुद्ध गरेको हो ।

सरकारले ल्याएको बजेटको हिसाब किताब नमिलेपछि त्यहाँको संसद बैठक नै अवरुद्ध भइरहेको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेको जनाएको छ । प्रतिपक्षीले हिसाब नमिल्दासम्म संसद् अघि बढ्न नसक्ने बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

उदार व्यापार प्रणालीमा व्यापार सहजीकरणको भूमिका 

नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

बिशेष