असार मासमा थापालाई चाहियो काँग्रेसी हाकिम

लाङटाङ राष्ट्रिय निकुञ्जको हाकिम फेर्ने काँग्रेसको एउटा टोली अहिले सिंहदरबार धाइरहेको छ ।

बिज्ञापन

आर्थिक बर्षको अन्त्यमा हाकिमको सरुवा खोज्दै रसुवा काँग्रेसको एउटा टोली दैनिक सिंहदरबारदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ववरमहल धाइरहेको हो ।

बिज्ञापन

काठमाडौंकै काँग्रेसका केही टोली बोकेर काँग्रेस निकट वार्डेन खोज्दै रसुवाका उत्तम थापाहरुको एउटा समूह दैनिक जसो वन तथा वातारण मन्त्रालय र विभाग धाइरहेका छन् । यसरी धाउनेमध्येका थापा लामटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ति व्यवस्थापन समितिको अध्यक्ष समेत हुन ।

त्यहाँका हाकिमसँग काँग्रेसीहरुको सम्बन्ध वैशाखदेखि विगिएको बताइन्छ । गत वैशाख दोश्रो सातामात्र काँग्रेसीको टोलीले त्यहाँका हाकिममाथि दुर्व्यवहार गरेका थिए भने कार्यालयको कुर्सी र टेबुल नै फुटाएको थियो । लारानीले वैशाखमा २९औं वन्यजन्तु सप्ताह तथा १२औं रेडपाण्डा ट्रफी कार्यक्रम लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईकुण्ड गाउँपालिका र स्थानीय संघ–संस्थाहरु निर्णय अनुसार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा २०८१ वैशाख १ देखि ७ सम्म मनाएको थियो । उक्त वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम नेपाली कांग्रेस निकटको गैह्र सरकारी संस्था मार्फत गर्नुपर्ने भन्दै रसुवा कांग्रेशका नेताहरूले निकुञ्ज प्रशासनलाई दवाव दिएको र गैसस मार्फत गर्न नपाए पछि चिढिएका थिए ।

बिज्ञापन

सोही समूहले लारानीका बरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की नै दिएको थियो । अहिलेका हाकिमसँग सम्बन्ध विग्रिए पछि आफू अनुकुलको काँग्रेसी हाकिम खोज्दै थापा मन्त्रालय र विभाग धाइरहेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

इतिहासकै कमजोर महानिर्देशक बने चण्डी,खारेजीको चरणमा राजश्व अनुसन्धान विभाग

बिचौलिया खड्का ४० लाख खर्च गरेर हाकिम फेर्दै

आदेशमा अग्राधिकार,६ महिना पछि पेशी

अदालत छिर्यो अख्तियार : कपिलवस्तुका दुई कर्मचारी भ्रष्ट ठहर,नवलपरासीका कम्युटर अपरेटरविरुद्ध मुद्धा दायर

‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न सशक्त आन्दोलनको विकल्प छैन’

१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय महिला भेला

सार्वजनिक सेवामा नवप्रवर्तनका उपकरण : एजेन्सकिरण र अर्ध बजारकिरण

सरुवा,बढूवादेखि विद्येयक तर्जुमासम्म : यस्ता छन् क्याविनेटमा १४ निर्णय

बिशेष