प्रचण्ड सरकारको सुशासन :- भ्रष्टाचार र यौनकाण्डमा डामिएकालाई नियुक्ति भट्टाभट

पछिल्ला समय कस्ता कस्ता व्यक्तिले राजनीतिक नियुक्ति पाउँदैछन् भन्ने दुईवटामात्र उदाहरण हेरौं :-

बिज्ञापन

अहिले धितोपत्र वोर्डको अध्यक्षको नियुक्तिका कारण प्रचण्ड सरकार आलोचित छ । अर्बाैको चलखेल चलिरहेको बिषय अहिले कर्पोरेट क्षेत्रमा व्यापक चर्चाको बिषय बनिरहेको छ ।
यही सरकारले गत साता दुई वटा विवादित व्यक्तिलाई नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । एक जनालाई संवैद्यानिक निकाय निर्वाचन आयोग र अर्काे एकलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ । नियुक्ति पाउने दुबैको विगतको पृष्टभूमि भने विवादित छ । कतै अदालतको अबहेलनामा डामिएका त कतै यौन शोषणका आरोपीतले नै धमाधम राजनीतिक नियुक्ति पाए । अदालतको मानहानीमा मुछिएका पूर्व सचिव रमेश सिंहलाई सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति दिएको थियो । अघिल्लो बिहिबारको क्याविनेटले १३ वटा निर्णय गर्दा पूर्व सचिव डा रमेश सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति गरेको थियो । अशोक राईको पार्टीको कोटामा योजना आयोगका सदस्य नियुक्त भएका सिंह २०७२ को भूकम्पताका त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका पात्र हुन ।
सात बर्ष अघिको अघिको त्रिपाल भुक्तानी नपाएको भन्दै आपूर्तिकर्ताहरु सर्वोच्च अदालत पुगेकोमा ०७८ चैत्र ९ को फैसलाले दुई महिनाभित्रै भुक्तानको कार्य टुंग्याउन परमादेश दिएको भए पनि शहरीले समिति गठन गरेर भुक्तानी उपलव्ध गराउन सक्रियता नदेखाएको र अदालतको मानहानी गरेको भन्दै कृष्णहरि चौलागाईले शहरी मन्त्रालय, सचिव रमेश सिंह,प्रशासन महाशाखा प्रमुख महेन्द्र शर्मा,आर्थिक शाखा प्रमुख श्याम घिमिरे र स्टोर किपर युवराज गिरीविरुद्ध दायर गरेकोमा गत कार्तिक २१ गते उच्च अदालतका न्यायधीशद्धय रमेश ढकाल र धीरबहादुर चन्दको इजलाशले अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरुविरुद्ध जनही ५ सय जरिवानाको लगत कसी असूल उपर गर्नु भन्ने आदेश दिएको थियो ।

बिज्ञापन

प्रंसग जोडिन्छ,भूकम्प पीडितहरूका लागि शहरी विकास मन्त्रालयले त्रिपालसँग । माता इन्टरप्राइजेज, ए एस इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स र अजय शुभ ट्रेडर्सले त्रिपाल आपूर्ति गरेका थिए । त्रिपाल आपूर्तिका क्रममा भ्रष्टाचार भएको आरोप लागेपछि भुक्तानी प्रक्रिया रोकियो ।

विशेष अदालत उनीहरुलाई सफाइ दिँदै मुद्दा किनारा लागे पनि शहरी विकास मन्त्रालयले त्रिपाल आपूर्तिको भुक्तानी नदिएपछि आपूर्तिकर्ताहरु मन्त्रालयविरुद्ध उच्च अदालत पुगे । सो मुद्दामा उच्च अदालत पाटनले तीन महिनाभित्र रकम भुक्तानी गर्न र यदि भुक्तानी नगरे पाँच सय रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो । उच्च अदालतको सोही आदेशविरुद्ध सिंह सर्वोच्च अदालत गएका हुन् । सर्वोच्चमा सो मुद्दा विचाराधीन छ । उच्च अदालत पाटनले आदेश कार्यान्यवयन नभएको भन्दै २०८० जेठ २ गते शहरी विकास मन्त्रालयलाई पत्र लेखेर ताकेतासमेत गरेको थियो । यही प्रकरणमा बहालवाला सचिव तारिख धाइरहेका छन् । यसमा मुछिएका मुख्य पात्र भने राष्ट्रिय योजना आयोगको सदस्य बन्ने मौका पाएका छन् ।

बिज्ञापन

यही साता सरकारले गरेको अर्काे निर्णय पनि विवादमा परेको छ । आइतबार मात्रै निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकको निर्णयअुसार संवैधानिक परिषद्ले सिफारिस गर्यो । निर्वाचन आयोगको रिक्त सदस्य पदमा यौन दुर्व्यवहारको आरोपमा मुछिएका व्यक्तिलाई सिफारिस गरिएको छ । अत्यन्त घृणित कार्यमा संलग्न रहेको भन्दै काभ्रे धुलिखेलकी एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाउदै मुद्धा दायर गरेका व्यक्ति कृष्णमान प्रधान निर्वाचन आयोगको सदस्यमा नियुक्तिका लागि सिफरिस भएका छन् ।

प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । कानुन समाजको निर्देशक हुँदा नै उनीमाथि यौन दुव्र्यवहारको मुद्दा परेको थियो । उनीबाट पीडित ति महिलालो यौन शोषण गरेको भन्दै गत भदौ २४ मा काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

जिल्ला अदालत काठमाडौंमा यौन दुव्र्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए । सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष