डेढ अर्व भ्रष्टाचार मुद्धामा अधिकृतलाई क्लिन चिट,विशेषको फैसला चित्त बुझेन अख्तियारलाई

विशेष अदालतले शाखा अधिकृतलाई भ्रष्टाचार मुद्धामा क्लिन चिट दिएसँगै अख्तियार मुद्धा पुनरावेदनको माग राखेर सर्वाेच्च पुगेको छ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियासहित २ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले तत्कालिन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध एक करोड ६४ लाख बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाई दिएपछि त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

बिज्ञापन

अख्तियारले प्रतिवादी थपलियाको वैधानिक आय २ करोड ४३ लाख ८३ हजार १२१ रुपैयाँ ६६ पैसा र खर्च एवं लगानी १ करोड ९९ लाख ९८ हजार ३३९ रुपैयाँ ३६ पैसा देखिएको थियो ।उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । तर विशेषले थपलिया र मुना पन्त थपलिया​ले सफाइ पाउने फैसला गरेको थियो ।

र गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसला चित्त नबुझी असार ५ गते बुधबार सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको हो ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष