यस्तो छ संघीय निजामती सेवा विद्येयकमा माननीयहरुका १५८३ संशोधन प्रस्ताव

संघीय निजामती सेवासम्बन्धी विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ ।

बिज्ञापन

विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।
यस पटक गत असार २ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल गर्न खोजिएको थियो तर एनजीओका खाजका कारण प्रथम दिनको छलफल नै भाडिएको स्थिति छ ।

बिज्ञापन

विद्येकयमा कतिपय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव गरेका छन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम परिवर्तनको प्रस्ताव गरेका छन् ।

जसमा ६ वटा प्रस्ताव संघीय निजामती सेवा ऐनको नाम परिवर्तनका लागि संशोधन प्रस्ताव परेको संघीय संसद सचिवालयले जनाएको छ । जसमा सार्वजनिक सेवा ऐन, नागरिक प्रशासन सेवा ऐन, राष्ट्रसेवक कर्मचारी सेवा ऐन, देश र जनताको सेवा गर्ने कर्मचारी सेवा ऐन, संघीय नागरिक सेवा ऐन र संघीय सार्वजनिक सेवा ऐन लगायत रहेका छन् ।

बिज्ञापन

काँग्रेसको तर्फबाट सार्वजनिक सेवा ऐन,नेकपा एकीकृत समाजवादीका सांसदहरूले नागरिक प्रशासन सेवा ऐन,नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले राष्ट्रसेवक कर्मचारी सेवा ऐन,नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले देश र जनताको सेवा गर्ने कर्मचारी ऐन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संघीय सार्वजनिक सेवा ऐन बनाउनु पर्ने प्रस्ताव राखेका छन् ।

यस्तै गगन थापाहरुको समूहले बहालरत सरकारी कर्मचारीलाई कुनै पनि संवैद्यानिक निकायमा नियुक्त गर्न नहुने प्रस्ताव गरेका छन् । उनीहरुले राजश्व समूह अन्तर्गत कर समूह र भन्सार समूह बर्गीकरण गर्ने प्रस्ताव गरेका छन् ।
यस्तै ऋृषिकेश पोखरेलले सेवा प्रवाहके क्रममा त्रुटी भए कार्यालय वा कर्मचारीबाटै भराउने प्रस्ताव गरेका छन् । तारा लामा,रेखा यादव,रामप्रकाश चौधरी,महेन्द्रबहादुर शाही लगायतका माननीयहरुले सरकारले २२ भदौंमा दिइने निजामती पुरस्कारमा समायोजित कर्मचारीलाई समेत समेट्ने व्यवस्था गर्न माग राखेका छन् ।

संशोधन प्रस्ताव

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

‘कुलिङ पिरियड’ निजामती विधेयकमा होइन, समग्र सेवा कानुनमै राख्नुपर्छ : मैनाली

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

बिशेष