कार्यालय प्रमुखले नै मदिरा पिएर होश गुमाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिनु परेको छ । आज सार्वजनिक बिदा । बिदाको अवसरमा बिहानै एक जना सरकारी हाकिमले अत्याधिक मदिरा सेवन गरे ।
बिज्ञापन
कार्यालय नै क्वार्टर उपलब्ध गराएको छ। सरकारी क्वार्टरमै बसेर उनले मदिरा सेवन गरेको भिडिओमा देखिन्छ। कार्यालय अगाडि बसेर हो हल्ला गरे । छाडा शब्द बोल्न थाले । उनका छाडा र अपशव्द सुन्न नसकेर स्थानीयहरुले जिल्ला प्रहरी र प्रशासनलाई खबर गरे ।आज बिहान कार्यालयमा मादक पदार्थ सेवन गरेर राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायतको नामै तोकेर उनले अश्लिल गालीगलौज गरेका थिए । स्थानीयबाट त्यसको सूचना पाएपछि प्रहरीले उनलाई कार्यालयबाटै पक्रेको हो ।
बिज्ञापन
यस्तो घटना भएको हो रामेछापमा । प्रदेश मातहतको भू तथा जलाधार व्यवस्थापन कार्यालय,रामेछापको हाकिमको जिम्मेवारीमा छन्,सुरेश प्रसाद दाहाल । उनै दाहालले कार्यालय अगाडि रक्सी पिएर हो हल्ला गरेसँगै उनलाई स्थानीयहरुले प्रहरीलाई प्रशासनलाई खबर गरे । प्रहरीले आएर उनलाई नियन्त्रणमा लिएर सरकारी गाडीमा चढाएर लैजाने तयारी गर्दा समेत उनको मुख छाड्न छोडेनन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटाइएको टोलीले उनलाई बा १ झ ८३६१ नम्बरको सरकारी गाडीमा चढाएर जिल्ला प्रहरीले आफ्नो कार्यालयमा लगेको छ । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।एउटा कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति बाह्रमासे जड्याहाभन्दा पनि तल गिरेर अत्याधिक मदिरा पिएर हो हल्ला गर्न थालेसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
सिडिओ कार्यालयले भने यो बिषयमा तालुक निकायलाई जानकारी गराउने जनाएको हो ।
दाहाल भू तथा जलाधार व्यवस्थापन कार्यालयमा प्रमुख भएर आएको लगभग दुई महिनामात्रै भयो।