सशस्त्रका डिएसपी चैत्रदेखि वेपत्ता,स्पष्टीकरणका लागि सात दिनको समय

सशस्त्र प्रहरीका डिएसपी गत चैत्र १४ गतेदेखि वेपत्ता भएपछि गृह मन्त्रालयले खोजी अगाडि बढाएको छ । बलम्बुस्थित नेपाल एफिएफ अस्पतालमा दरबन्दी भएका सशस्त्र प्रहरीका डिएसपी डा नेत्रबहादुर कार्की (आईडी नं १४९२ ) गत चैत्र १४ गतेदेखि विना विदा सम्पर्कविहिन भएको भन्दै गृह मन्त्रालयले आजको साता दिनभित्र चित्त बुझ्दो जबाफसहित स्पष्टीकरणका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।

बिज्ञापन

लामो समयदेखि गैरहाजिर रहेका उनलाई आज सार्वजनिक सूचना निकालेर गृहले सात दिनभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो । सूचनामा यसअघि पनि पटक–पटक सफाई पेश गर्न अनुरोध गरिएकोमा कार्कीले बेवास्ता गरेको उल्लेख गर्दै पुनस् एकपटक अन्तिम मौका दिएको जनाइएको छ ।

बिज्ञापन

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश नगरे कारबाहीको प्रक्रिया अघि बढाउने गृहले चेतावनीसमेत दिएको छ ।

तपाई प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक, कार्की सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बमोजिमकको कसुरमा ऐ नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? सूचनामा भनिएको छ, ुदिनु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण पेश गर्न सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १२१ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

बिशेष