३ दिनमै मन्त्री पद गुमाए देवकोटाका भन्छन् :-‘सर्वाेच्च अदालत जान्छु’

तीन दिनमै मन्त्री पद गुमाएका गण्डकी प्रदेशका फणीन्द्र देवकोटाले न्याय खोज्दै आफू सर्वाेच्च अदालत जाने बताएका छन् । गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएर भोलिपल्टै मन्त्री नियुक्त भएका उनी मन्त्री भएको तीन दिन पछि पदमुक्त भएका छन् । सोही पछि सर्वाेच्च अदालत जाने बताएका हुन ।

बिज्ञापन

आफूमाथि माओवादीले गरेको कारवाही कारबाही निन्दनीय, अराजनीतिक, असंवैधानिक छ र कानुनसम्मत नभएको कारण यो कुरालाई राजनीतिक, संवैधानिक र कानुनी रूपमा प्रतिवाद गर्ने जनाएका छन् ।

बिज्ञापन

संसदीय दलको ह्वीप उल्लंघन गर्दै सुरेन्द्रको पक्षमा मतदान गरेका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए । उनलाई माओवादीले निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र बुझाएको थियो । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख कृष्ण धितालले उनी पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् । उनीमाथि राजनीतिक दल सम्बन्धी ऐन उल्लङ्घन गरी दल त्याग गरेको आरोप छ ।

पदमुक्त भएका देवकोटा कानुनी उपचारमा जाने भएका बताएकाछन् । उनले आफू माथि माओवादी पार्टील गरेको कारवाही संवैधानिक र राजनीतिक रूपले गलत रहेको बताए । आफू नेसपाको केन्द्रीय नेता भएको माओवादी पार्टीले कारवाही गर्न नमिल्ने जिकिर गरेका छन् । निर्वाचनमा जाँदा मेरो पार्टी नेसपा र माओवादी केन्द्रको केन्द्रीय समितिले नै निर्वाचनमा जाँदा एकल चुनाव चिह्न प्रयोग गरेर जाने र चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्ने निर्णय भएको र सोही निर्णयको आधारमा अहिलेका परिघटना भएको हो । मेरो उमेदवारी पत्रमा पनि दलको नाम नेसपा नै उल्लेख गरेको छु । निर्वाचनमा घोषणापत्र र कार्यक्रम पनि नेसपाकै लिएर गएको थिएँ । मलाई मतदाताले निर्वाचित गराउनुभयो र प्रदेशसभामा म उपस्थित भएर आजका दिनसम्म क्रियाशील थिएँ, छु ।

बिज्ञापन

नेपाल समाजवादी पार्टी (नेसपा)का नेता देवकोटा गत निर्वाचनमा माओवादी केन्द्रको चिन्हमा गोरखा २ (क)बाट निर्वाचित भएका थिए । देवकोटाले माओवादीको यो कदमविरुद्ध हरेक लडाइँ लड्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

कुलिङ पिरियड राख्ने बिषयमा मध्यराती वालुवाटारमा यसरी जुट्यो सहमति

बिशेष