भैरहवा भन्सारद्वारा तीनवटा मिनी ट्रकसहित सामान पक्राउ

भैरहवा भन्सार गस्ती टोलीले रुपन्देहीको दुई अलग स्थानबाट भन्सार छलेर भित्राइएका २२ लाख रुपैयाँ मुल्य भन्दा धेरैका सामानसहित ढुवानीमा प्रयोग गरिएका तीनवटा मिनी ट्रक पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ परेका मिनी ट्रकको बरामद सामान बाहेक करिब १५ लाख रुपैयाँ मुल्यको रहेको जनाइएको छ ।भन्सार गस्ती टोलीले रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट लु १ च ४७९२ नम्बरको ट्रक सहित ब्रा, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायत्का साढे १९ लाख भन्दा धेरै मुल्यको सामान पक्राउ गरेको हो ।

बिज्ञापन

भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सार गश्ती टोलीलाई देखेपछि प्याज ढुवानी गरेका दुईवटै ट्रकका चालक फरार भएको बताए । सूचनाको आधारमा भन्सार गश्तीले दुईवटा ट्रकसहितको प्याज पक्राउ गरेको उनले बताए । ‘भन्सार गश्तीले प्रयोग गर्ने गाडीको प्रयोग गर्दा तस्करका सुराकीले टाढैबाट खबर गर्ने भएकाले गश्ती टोलीले भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेको थियो’, उनले भने ।

यसैगरी, भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको पछाडि मर्चवार जाने सडकको गरगट्टी भन्ने स्थानबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकसहित २ लाख ८० हजार रुपैयाँ मुल्य बराबरको ७ टन प्याज पक्राउ गरेको हो ।

बिज्ञापन

गस्ती टोलीलाई देखेपछि प्याज ढुवानी गरेका दुईवटै ट्रकका चालक फरार भएको गौतमले बताए ।भन्सार प्रमुख गौतमले चालकको बयानको आधारमा थप अनुशन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइने बताए । उनले भन्सार कार्यालयले निरन्तर गश्ती गरिरहेकाले चोरीतस्करी गर्ने पक्राउ परिरहेको जनाए । ‘हामीले गश्तीलाई निरन्तरता दिएका छौं, बेलाबेलामा सूचनाहरु पनि आउने गरेका छन्’, उनले भने, ‘सूचनालाई तुरुन्तै फलोअप गरेर काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष