अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सेवाग्राहीबाट घुस लिने उपसचिव, इन्जिनियरसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
बिज्ञापन
विद्यालयको बाउन्ड्री वाल निर्माणपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख घुस लिएको प्रमाणका आधारमा अख्तियारले धनुषाको शहीदनगरनगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगको बर्दिबासबाट खटिएको टोलीले रमेशकुमार चौधरी र गुरुदेव यादवलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
बिज्ञापन
नगरपालिकाको इन्जिनियर भन्ने रमेशकुमार चौधरीले विद्यालयको बाउन्ड्री वाल निर्माणपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।
आयोगको बर्दिवासबाट खटिएको टोलीले उनीहरूको साथबाट १ लाख ७५ हजार रुपैयाँको चेकसमते बरामद गरेको थियो । विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी २ लाख ७५ हजार रुपैयाँ राज्यकोशको दुरुपयोग गरेको आरोपमा अख्तियारले सावनकुमारसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धको नक्कली हस्ताक्षर प्रयोग गरी उक्त कम्पनीको अधिकारप्राप्त व्यक्ति इन्जिनियर रमेशकुमार चौधरी बनेका थिए । त्यसपछि विद्यालयको पर्खाल लगाउने काम सकिएपछि भुक्तानी गर्ने क्रममा २ लाख ७५ हजार रुपैयाँ घुस लेनदेन गरेको अख्तियारको आरोप छ ।