कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु

विराटनगर । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । बुधबार कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो ।

बिज्ञापन

महालेखा परीक्षकको प्रतिवेदन अनुसार कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको छ ।

बिज्ञापन

लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखा परीक्षण सम्पन्न गरेको थियो ।

प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, एक अर्ब ९ करोड ४० लाख ४७ हजार नियमित गर्नुपर्ने उल्लेख छ ।

बिज्ञापन

नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेस्की दिएको उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको बताइएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

बिशेष