२०८१ बैशाख २७ गते कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् । ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका मध्य पौडेल सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् ।
बिज्ञापन
पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे ।सन्तबहादुर सुनार ०७६/०१/१५ देखि २०७६/०५/१७ सम्म, विष्णुप्रसाद नेपाल ०७६/०५/२६ देखि ०७७/०१/०८ सम्म, घनश्याम उपाध्याय ०७७/०१/१४ देखि २०७७/११/१४ सम्म, हिरालाल रेग्मी ०७७/११/२० देखि ०७७/१२/३१ सम्म, चक्रबहादुर बुढा—०७८/०१/०८ देखि २०७८/०९/२९ सम्म, झक्कप्रसाद आचार्य२०७८/०९/३० देखि २०७९/०५/१२ सम्म, श्यामकृष्ण थापा२०७९/०६/०६ देखि २०८०/०४/१७ सम्म, दीर्घबहादुर पोखरेल ०८०/०४/३१ देखि २०८०/०८/२० सम्म, रमेश न्यौपाने २०८०/०८/२१ देखि २०८०/१२/०४ सम्म, विष्णुप्रसाद पौडेल—०८१/०१/२७ देखि जेठ १३ सम्म बसे ।
बिज्ञापन
यस्तै नयाँ अर्थ सचिवका रूपमा रविलाल शर्मा आइतबार नै हाजिर भएका छन् । ०८० मङ्सिर २१ गते अर्थ सचिव भएर आएका रमेश न्यौपाने गत चैत ४ गते सरुवा लिएर काठमाडौँ फर्किएपछि अर्थ मन्त्रालय सचिवविहीन बन्यो । सचिव नहुँदा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया नै सुरु हुन सकेन । पौडेलले आएर बजेटको सिलिङ वितरण गरेका थिए ।