नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।

बिज्ञापन

मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमै छ ।

बिज्ञापन

एक्स्काभेटरभित्र अपरेटर पनि रहेको र उनको उद्धार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

‘सडकमा काम गदै गर्दा माथिबाट ढुंगा खसेर मेसिनमा क्षति पुर्‍याएको र अपरेटरको उद्धार भइरहेको भन्ने प्रारम्भिक जानकारी छ । विस्तृत विवरण आइपुगेको छैन,’ डीएसपी रिजालले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

बिशेष