सेनाले टिमुरे नाकाबाट साढे २९ करोड रुपैयाँ राजस्व तिरेर छुटायो ४५ थान एपीसी

चीनबाट ल्याएको ६ अर्ब रुपैयाँ बराबरको आर्मड् पर्सनल क्यारियर (एपीसी) बख्तरबन्द गाडी लगायतको सामान २९ करोड रुपैयाँ भन्सार तिरेर जाँचपास भएको छ।

बिज्ञापन

सेनाले ४५ थान एपीसीको लागि २७ करोड ३९ लाख ७१ हजार ६ सय रुपैयाँ राजस्व बुझाएको छ। संयुक्त राष्ट्रसंघको मिसनमा खटिने शान्ति सेनाका लागि सो एपीसी ल्याइएको हो। त्यस्तै सेनाले एपीसीमा प्रयोग हुने अन्य सामान २ करोड १५ लाख ८९ हजार ९ सय रुपैयाँ राजस्व तिरेको छुटाएको भन्सार कार्यालयका एक कर्मचारीले बताए। नेपाली सेनाले कम्पनी ठेक्का मार्फत चिनियाँ कम्पनीसँग खरिद गरेको एपीसी लगायत सामान अहिले टिमुरे भन्सार कार्यालयमाबाट राजस्व दाखिला गरेर छुटाइएको छ। भन्सार कार्यालयमा आइपुगेको झन्डै दुई सातापछि राजस्व बुझाएर सामान छुटाएको हो। केही दिन लगाएर सामान छुटाइएको भन्सार कार्यालयका एक कर्मचारीले बताए।

बिज्ञापन

नियमअनुसार आयातकर्ताले आयातित सामग्री ६० दिनसम्म गोदाममा राख्न सक्छ। ६० दिनभित्र जाँच पास नगरे भन्सार कार्यालयले उपयुक्त लागेमा समय थप दिन वा ‘सिज’ नै गर्न सक्छ। नेपाली सेनाले नै सामान ल्याएको भन्सारको रेकर्डमा देखिएको छ।

सेनाका लागि २१ वटा एपीसी ल्याउन एलसी खोलिएको थियो। विगतको इतिहास हेर्दा नेपाली सेनाले एन्टीएयर क्राफ्टलगायतका हतियार चीनबाट खरिद गर्दा नाकाबन्दीसमेत लगाएको थियो । त्यसैले अहिले पनि नेपालमा सेनाको खरिदको तयारीमा भारतीय चासो बढेको बताइन्छ ।

बिज्ञापन

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेनाले चीनबाट हतियार खरिद प्रक्रिया अगाडि बढाएको थियो । नेपाली सेनाले चीनबाट २६ एपिसी, ७२ वटा ट्याक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाका रैथाने कमिशनखोर दलालहरुको योजना अनुसार, अहिले यो प्रक्रिया तीव्र बनेको स्रोत बताउछ ।

कांग्रेस नेताका आफन्त लोकेन्द्र कार्की(पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीका भाइ)नै यो ठेक्का प्रकरणमा जोडिएका कारण अहिले कांग्रेस सभापति देउवादेखि अन्य नेताहरु पनि चासो राखिरहेका छन् ।   स्रोतका अनुसार, चीनबाट हतियार खरिद गराउने भूमिका सेना भित्र अर्बौंका ठेक्का हात पार्दै आएको ठेकेदार लोकेन्द्र कार्की सक्रिय रहेको बताइन्छ । उनी विगत पनि सेनाका हतियार खरिद र सेनाको अन्य ठेक्कामा संलग्न रहँदै आएका छन् । कार्की नातामा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ रहेको बताइन्छ ।

नियमित बजेट भन्दा पनि सेनाको सैनिक कल्याणकारी कोषको रकमबाट यी सामाग्री खरिद गर्न लागेको चर्चा छ । शान्ति सेनाका लागि आवश्यक सामाग्रीको रुपमा उक्त कोषबाट खरिद गर्न खोजिएको हो र पछि भुर्ताल हुने बताइन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

कमिसनको लोभमा जनप्रतिनिधि र कर्मचारीको पब्लिकेसन्ससँग साँठगाँठ

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

बिशेष