गृहका कर्मचारी सबैभन्दा अटेरी

राष्ट्रिय सतर्कता केन्द्रले गरेको एउटा अनुगमनका क्रममा गृह मन्त्रालयका कर्मचारी सबैभन्दा अटेरी भएको पाइएको छ । केन्द्रले आज शिक्षा,गृह,उद्योग र परराष्ट्र मन्त्रालयमा छड्के अनुमगन गर्दा एकै दिन त्यहाँका ४३ कर्मचारी छड्केमा परेका हुन । छड्केमा परेकामध्ये ३४ जना कार्यालय समयभन्दा ढिला पुगेका र ९ विना स्वीकृत अनुपस्थित रहेको भेटिएको केन्द्रले जनाएको छ । प्रशासन सुधारकका रुपमा आफूलाई प्रचार गर्ने रुचाउने एकनारायण अर्याल सचिव र रवि लामिछाने गृह मन्त्री रहेकै मन्त्रालयका कर्मचारीहरु चार मन्त्रालयमध्ये सबैभन्दा अटेरी भेटिएका हुन ।

बिज्ञापन

यस्तै शिक्षाका २७ कर्मचारी छड्केमा परेका हुन । जसमध्ये ७ अनुपस्थित,७ कार्यालय समयभन्दा ढिला,४ कार्यालयमा नभेटिएका र ९ जनाले तोकिएको पोशाक नलगाएको अवस्थामा भेटिएको हुन ।
केन्द्रका अनुसार,उद्योगका २ कर्मचारी तोकिएको समयभन्दा ढिला र २ ले तोकिएको पोशाक नलगाइ कार्यालय पुगेका थिए । यस्तै,परराष्ट्रका १० कर्मचारी कार्यालय सभयभन्दा ढिला पुगेका र ९ ले तोकिएको पोशाक नलगाएको अबस्थामा भेटिएको केन्द्रले जनाएको छ ।
केन्द्रले चार वटा मन्त्रालयमा अनुगमन गर्दा १६ कर्मचारी विना जानकारी अनुपस्थित रहेको,७८ कर्मचारी तोकिएको समयभन्दा ढिला,४ कार्यकक्षमा नभेटिएका र २० ले तोकिएको पोशाक नलगाएको भेटिएको केन्द्रले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक स्थगित

सम्वेगात्मक बौद्धिकता

मन्त्रिपरिषद्को बैठक बस्दै

भारतीय विश्वविद्यालयमा अर्की नेपाली छात्राको मृत्यु 

जिप दुर्घटना हुँदा अधिकृत बस्नेतको गयो ज्यान

प्रदेश लोकसेवाले माग्यो अधिकृत (सातौं) तहमा १३२ कर्मचारी

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

पाँच वाणिज्य बैंकलाई कारवाही : स्ट्याण्डर्ड चार्टर्डलाई तिराइयो १४ करोड ८५ लाख जरिवाना

बिशेष