चालिस लाख बढी विदेशी मुद्रा अपचलन गर्ने २ जना राजस्व अनुसन्धानको फन्दामा

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको कसुरमा चालिस लाख तेत्तिस हजार विगो कायम गरी मुद्दा दायर गरेको हो।

बिज्ञापन

विभागले रविन्द्र राना र ठक माया रानालाई चालिस लाख तेत्तिस हजार विगो कायम गरी मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीले बताए।

बिज्ञापन

२०१९ को दफा ३,४,५ विपरित कसुर गरेको अभियोगमा ऐनको दफा १७(१) बमोजिम बरामद भई आएको अवैध अमेरिकी डलर ६३०, साउदी रियाल ७,६४८, पाउण्ड स्टर्लिङ डलर २३५, क्यानेडियन डलर ३६०, मलेसियन रिङ्गिट १२३६, जापानी यन १,७४,०००, कोरियन वन ४८०००, युरो ३५०, थाइ भाट ७३००, कतारी रियाल ३५४, ओमन रियाल २३१.५०, कुवेती दिनार ६४.५, बहराइन दिनार १०३, अष्ट्रेलियन डलरर १००, सिङगापुर डलर ४३०, यु.ए.ई. दिराम २२५, चाइनिज युआन १०० र हङकङ डलर १०० विदेशी मुद्रा जफत गरिएको अधिकारीले बताए । त्यस्तै स्रोत नखुलेको नेपाली रुपैया १९ लाख २ हजार २ सय ६५ रुपैया जफत जफत गरिएको छ ।

ठक माया रानाको न्यू गाँउवेशी गेष्ट हाउसबाट बरामद भएको स्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँ र बिभिन्न देशका बिदेशी मुद्रा ९ लाख १५ हजार ८४८ रुपैया विगो कायम गरी मागदाबी गरिएको छ ।राना र रानालाई ऐनको दफा १७(१) बमोजिम सजाय गरी पाउन मागदावी गरिएको विभागका महानिर्देशक चक्र बुढाले बताए ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शेयर बजार लगातार ओरालो,बुधबार घट्यो आठ अंकले

यी हुन सर्वाेच्च अदालत र प्रहरी प्रशासनलाई झुक्याउने सन्की अधिकृत

श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

सार्वजनिक खरिद नियमावली १४ औं पटक संशोधन, घट्लान त कालोसूचीमा पर्ने कम्पनी ?

तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार

सेनामा कल्याणकारीको पैसा सोत्तर

वीरकी नर्सिङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

बिशेष