के हो राजेश मेटल क्राफ्ट्स र दन्तकाली हार्डवेयरबीचको विवाद ?

मारवाडी दाजुभाईले देश त लुटेकै थिए तर मारवाडीहरुबाटै म मारवाडी ठगिँए र लुटिएको देख्दा छक्क परि रहेको छु । दुई दशक बढी समय बित्यो जस्तापाताको कारोवार थालेको । यस अघि काका कैलाशचन्द्र कान्छादेवी अग्रवालले सम्हालिरहनुभएको थियो यो व्यवसायको सम्राज्य । उहाँहरुको हत्या भयो । दरवार हत्याकाण्डझैं रहष्यको गर्भमै छन्,को हुन हत्याराहरु । त्यस समयमा भतिज पुल्चोक इञ्जिनियरिङ्गमा इञ्जिनियरिङ्ग अन्तिम बर्षमा पढ्दै थिए । उनलाई यो कारोवारतिर रस बसेन । बरु पढाई सिद्धाएर अरु शिक्षण पेशातिर लागे । के एण्ड के इन्टरनेशल प्रा. लि खोलेर उनी शिक्षण सेवामा रमाइरहेका छन् । काकाहरुको व्यवसायको बीँडो थाम्ने जिम्मेवारी मेरो काँधमा आइलाग्यो । श्रीमती द्धन्तकालीको नाममा हार्डवेयर खोले र कारोवार शुरु गरें । बीचमा राम्रै थियो,जस्तापाताको कारोवार । बार्षिक ५० करोडदेखि ८० करोडसम्मको टर्न ओभर हुन्थ्यो ।

बिज्ञापन

बजारमा जस्ता पाताको माग बढी थियो । जीवन राम्रैसँग चलिरहेको थियो । कुनै मुद्धा मामिला,झमेलामा परिएको थिएन । तर विगत दुई बर्ष असाध्य तनाव र झमेलामा गुज्रिरहेको छ । तीन बर्ष अघि राजेश मेटल क्राफ्टसबाट जस्ता पाताको कारोवार गरें । झण्डै ३ करोडको जस्ता पाता उठाए राजेश मेटल क्राफ्टबाट (आरएमसी व्राण्डका) त्यस अघि मेरो कारोवार हुलास,आरती,जगदम्बा लगायतका व्राण्डका जस्तापाताको कारोवार गर्दे आएको थिए । बजार कस्तो थियो भने, आरती र हुलासहरुको डिमाण्ड धेरै थियो । उनीहरुले माग पूरा गर्न सक्दैन थिए । त्यही कारण मैले आरएमसीबाट जस्तापाता उठाए । करिब ३ करोडको । इटहरी,बारामा छ मेरो दन्तकाली हार्डवेयर प्रा. लि ले । यो कम्पनीले वारा,पर्सामा केन्द्रीय कार्यालय रहेको राजेश हार्डवेयरसँग कारोवार गरेको थियो । तर उक्त जस्ता किन्नु नै मेरा लागि दशा बन्न पुग्यो ।

बिज्ञापन

आरएमसीबाट किनेर विक्री गरिएको रंगिन र सादा जस्तापाता निम्न गुणस्तरको,छोटो समयमै खिया लाग्ने समस्या देखिएको कारण थालेपछि उपभोक्ताहरुले धमाधम जस्तापाता फिर्ता गर्न थाले । किला ठोकेका जस्तापाता पनि फिर्ता आउन थाल्यो बजारबाट । गोदाममा २ करोड बढीका जस्तापात खियालाग्दै थिए । उता राजेश मेटलका मालिक विष्णु अग्रवाल तारान्तार भुक्तानी माग्दै थिए । ०७९ भदौं ३१ मा १० दिनभित्र बाँकी रहेको १ करोड २६ लाख ७० हजार ७८१ भुक्तानी दिन पत्र काटे । दन्तकाली हार्डवेयरले बजारबाट जस्तापाता फिर्ता आउन थालेको,गुणस्तरहीन जस्ता पाता भएका कारण रंङ्ग खुइलिने समस्याका कारण करोडौंका जस्तापाता गोदाममै थन्किएका कारण जस्ता पाता फिर्ता लगेर हिसाब मिलान गरिदिन अनुरोध गरे । राजेश मेटललाई दन्तकालीले १ करोड २६ लाख ७० हजार ७८१ भुक्तानी गर्नुपर्ने भए पनि गोदाममा झण्डै २ करोड बढीको जस्तापाता भएका कारण,बजारबाट जस्तापाता फिर्ता आउन थालेका,छाना लगाउनेले क्षतीपूर्ति समेत माग्न थालेका कारण व्यापारीहरुले भुक्तानी समेत रोकेको जानकारी गराउँदै हिसाब मिलान गराउनका लागि इमेल पठाए । सुनुवाई नभए पछि ७९ असोज १६ गते उद्योग वाणिज्य महासंघ,वीरगञ्ज र उद्योग वाणिज्य महासंघ इटहरीलाई समेत वोधार्थ लेखेर घटनाको जानकारी गराएको हुँ । हिसाब किताब गर्दा राजेश मेटलसँग दन्तकालीले उल्टै ७४ हजार लिनुपर्ने देखिन्छ ।

खराब नियतीसँग त लड्न सकिन्छ नियतै खराब भएकासँग केही पार नलाग्ने रहेछ ।हाम्रो हिसाब अनुसार ७४ हजार लिनुपर्ने देखिन्छ तर बदमासी र धम्की कस्तोसम्म हुन थाल्यो भने कारोवार प्रारम्भ गर्दा ग्यारेन्टीका लागि दिइएको चेक ३ करोड लाई बाउन्स गराई कालोसूचीमा राख्नका लागि नबिल बैंकलाई पठाउने काम भयो विष्णु अग्रवालबाट । कारोवार प्रारम्भ गर्दा राजेश मेटलका नाममा पिडिसि चेक काटिदिइएको थिए । साठी दिनभित्र पेमेन्ट गर्ने,पेमेन्ट गर्न नसके १२ प्रतिशतका दरले व्याज तिर्नुपर्ने शर्तनामा थियो ।

बिज्ञापन

अन्य कम्पनीहरुले जस्तापातामा समस्या आएको खण्डमा बजारबाट फिर्ता लैजान्छन र हिसाब मिलान गर्दछन् तर विष्णु अग्रवालले मेरो सामान गुणस्तरहीन भए पनि बजारबाट फिर्ता लैजान्न,पेमेन्ट चाहियो नभए बैंकले कालोसूचीमा राख्छु । म सँग ६/७ जना वकिल छन्,तिमीले सकेको तिमी गर्नु,मैले सकेको म गर्छु भन्न थाले । बैंकले ¥र्याख¥यार्खती पार्न थाल्यो । २४ प्रतिशत व्याजको रकम २८ लाख मेरो व्यक्तिगत खातामा हाल्दिनु भन्ने उर्दी आयो । यसरी व्यक्तिगत खातामा हाल्दा भोलि समस्या पर्दछ । त्यही कारण उक्त व्याज भुक्तानी पनि कम्पनीकै नाममा पठाएको भौचर मसँग सुरक्षित छ । २ करोडभन्दा बढीको जस्तापाता गोदाममै थन्किएका छन् । आरएमसीका जस्तापाता कोही किन्न मान्दैनन् । कोशी प्रदेशमा उस्को कारोवार ठप्पै छ । व्यवसायीहरु सबै उबाट आजित छन तर कोही बोल्न सकिरहेका छैनन् ।

राजेश मेटल र दन्तकाली हार्डवेयरबीच कारोवारमा देखिएको समस्या सामाधानका पहल गरिदिनका लागि उद्योग वाणिज्य संघ इटहरी,उद्योग वाणिज्य संघ,बीरगञ्ज र सुनसरीलाई बोधार्थ लेखे । नेपाल सरकारले तोकेको भन्दा न्यून गुणस्तरको माल सामान विक्री वितरण गर्ने अधिकार कसैलाई पनि छैन । तर कमसल र गुणस्तरहीन सामान भिडाउने र यो मितिभित्र पैसा भुक्तानी गरिनस भने तलाई कालोसूचीमा राख्छु भनेर धम्काउन थालेपछि व्याजवापतको २८ लाख रकम भुक्तानी गराएको छु । सरी नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य समेत रहेका विशाल अग्रवाल जो राजेश मेटल कम्पनीका मालिक हुन । उनले गरेको ज्यादती र अन्याय पछि न्यायको खोजीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको हेलो सरकारमा निवेदन दिएको पनि हुँ तर अहिलेसम्म कारवाही प्रक्रिया अगाडि बढेको छैन । हेलो सरकारले यस्ता नाटकहरु नगरेर जनताको हक अधिकार दिलाउने तर्फ काम गर्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ । बजारमा गुणस्तरहीन जस्तापाताको उत्पादन र विक्री वितरण भइरहेको छ । उपभोक्तामात्र होइन एउटा मारवाडी व्यापारीबाटै अर्काै मारवाडी व्यापारी ठगिरहेको छ । यो लुट र अत्याचारविरुद्ध सरकारका निकामक निकायहरुलाई ध्यानाकर्षण गराएको छु । निवेदन दिएको छु । यस्ता गुणस्तरीयहिन जस्तापाता उठाएर लान र जबरजस्ति लिएको रकम समेत फिर्ता दिलाई कारवाही गर्नुपर्ने हो राज्यको निकायहरुले तर व्युरोक्रेसी र व्यापारीको मिलेमतो छ ।
उद्येगी र राजनीतिक दलका नेताहरुको साँठगाँठ छ । त्यही कारण महिनौदेखि उजुरी गर्दा राज्यका निकायबाट कुनै कारवाही प्रक्रिया अगाडि बढ्दैन । हेलो सरकार भनेको कार्यकारी प्रमुखको मातहतमा रहेको निकाय हो । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयको अण्डरमा रहेको निकायले काम गर्न नसक्नु भनेको सरकारले काम गर्न नसकेको होइन ?राजेश मेटलको संचालक बिष्णु अग्रवालले गुण्डागर्दी तरिकाले रकम असुल गरेको कुरा मैले निवेदन दिएको छु तर केही कारवाही प्रक्रिया अगाडि बढ्दैन । उनी तानसेन सिमेन्टका पनि मालिक हुन । यस्का अलवा नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा पनि छन् । त्यही कारण हुनसक्छ उनीमाथि कहिँकतै बाट कारवाही प्रक्रिया अघि नबढेको । बैंकका सञ्चालकमा अख्तियार खेपिरहेका सहसचिव उत्तरबहादुर खत्री,गंगा ज्ञवाली र साधना घिमिरेहरु रहेका छन् । यस्तै विवेक शमशेर राणा,विष्णु अग्रवाल र रचना श्रेष्ठ सर्वसाधरण शेयधनीको तर्फबाट बैंकका सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दैछन् । बैंकलाई अहिले बार्षिक ११ प्रतिशतको दरले व्याज तिरिरहेको छु । कमसल र गुणस्तरहीन भएकै कारण २ करोड बढीको सामान गोदाममा थन्किरहेको छ । अन्य कम्पनीले आफ्नो सामानमा कमजोरी भएपछि फिर्ता लैजान्छन्, बिष्णु अग्रवालले भने आफ्ना कमसल सामान बजारबाट फिर्ता लिन मानिरहेका छैनन् । उल्टै फिर्ता नलगेर उल्टै टर्चर दिइदै आइहहेको छ । उस्को यही टर्चरका विरुद्धमा हो मेरो लडाई । अहिले नेपाली बजारमा आरती,हुलास,नारायणी,जगदम्बा र राजेश हुन जस्तापाता उत्पादन गर्ने कम्पनी । उद्योग दुईवटा भए पुग्दथ्यो अहिले पाँच पाँच वटा उद्योग छन् ।यी उद्योगबाट ४ लाख मेट्रिक टन जस्थापाता उत्पादन हुन्छ बार्षिक । नेपाली बजारमा जस्तापाताको माग २ लाख मेट्रिक टनभन्दा बढी छैन ।

यस बिषयमा अग्रवालसँग जिज्ञासा राख्दा आफूलाई केही थाहा नभएको र आफ्नो कुनै गल्ती नभएको प्रतिक्रिया दिने गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।