उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पीपीसी ढलानमा अनियमितता भएको भन्दै तथ्य र प्रमाणसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
यसरी अख्तियारले पोलेकामा उपसचिव,अधिकृत छैटौं,बरिष्ठ इन्जिनियर,सब इन्जिनियर,कार्यपालिका सदस्यका अलवा तत्कालीन मेयर र उपमेयरसमेत रहेका छन् । अख्तियारले महोत्तरीको जलेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गर्दै त्यहाँका तत्कालीन नगर प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

बिज्ञापन

०७९/ ०८० मा सञ्चालित बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा नगर प्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अधिकृत छैठौं धिरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेको भन्दै उनीहरूविरुद्ध ५ लाख ८४ हजार ६३७ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी सहित भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले नगरपालिकाका वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह साथैं कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं। १ का वडाध्यक्ष अनिल कुमार झालेसमेत उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए । उनीहरू सबैविरुद्ध समान बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष