साहित्यमा रमेका सहसचिव वस्ती :- हरेक बर्ष एक कृति

व्यक्ति एक पहिचान अनेक,इ गणेशराज वस्तीको विशेषता अव सरकारको सहसचिव (प्राविधिक) मा मात्र सीमित रहेन । जिम्मेवारीका हिसाबले प्रदेशका सचिव हुन वस्ती । दश– पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य श्रृजनामा मात्र कलम चलाउँदैनन् । उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढूवाका लागि प्रतिष्प्रर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीहरुलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् । कहिले कविता कोर्दछन्,कहिले संष्मरण । ७१ सालदेखि हरेक बर्ष कुनै न कुनै कृति प्रकाशन गरिरहेका उनै वस्तीले ८० सालमा ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ कृति बजारमा ल्याए । वस्तिका हालसम्म एक दर्जन कृतिहरु बजारमा ल्याइसकेका छन् । जसमध्ये सिभिल इन्जिनियरिङसँग सम्बन्धित ७ थान पुस्तक बजारमा आइसकेका छन् । मनको आँधीमार्फत कविको रुपमा दर्ज भएका बस्तीको नियात्रा ०७५ सालमै बजारमा आइसकेको छ । आफ्नै जीवनका अनुभव, अनुभूति समेटेर संघर्ष (संस्मरण) निकाले,जहाँ स्कुले जीवनमै शिक्षक भएर अध्यापन गराउँदाका अनुभूति, आफूलाई पढाउने शिक्षकसँग आफू पनि शिक्षक हुँदा लागेको धक संस्मरणमा पोखे । ‘परेली तरेली’ कविताकृति पछि अर्काे संग्रह बजारमा ल्याएका हुन,उनले ।

बिज्ञापन

०७२ सालको भूकम्प पछि जिम्मेवारीको हिसाबले उनी आफैं पुर्ननिर्माण प्राधिकरणमा जोडिए । भूकम्पपछि पुनर्निर्माण कार्यमा सरकारी निकायको प्रतिनिधित्व गरेका इञ्जिनियर वस्तीले पुस्तकमा भूकम्पसम्बन्धी इतिहासलाई कोट्याएका छन् । प्रकृतिलाई उछिन्न वा जित्न सकिँदैन यस्लाई पछ्याउँने हो । भूकम्प मानवीय वशभन्दा बाहिरको बिषय हो । भूकम्प भएको अवस्थामा आफुलाई कसरी सुरक्षित राख्ने ,व्यस्थित गर्ने,उद्धार पुनःनिर्माण कार्यलाई कसरी अगाडी बढाउने लगायतका बिषयमा उनले सरल ,स्पष्ट अनि यथार्थपरक रूपमा आफ्नो कार्यअनुभव पस्किएका छन् पुस्तकमा । सरकारी सेवामा रहेर काम गर्दा आफूले बटुलेका अनुभवलाई उनले सरल शैलीमा पाठकमाझ पस्किएका हुन । साढे दुई सय पृष्ट,३१ अलग अलग उपशीर्षकमा तयार भएको पुस्तकमा आफू सरकारी सेवामा रहँदा देखें,भोगे,त्यसैलाई कृतिलाई नबग्याई,सिधा ढंगले इमान्दारपूर्वक पस्कने प्रयाश गरेका छन्,उनले ।

बिज्ञापन

यस्का अलवा भूकम्पपछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका उद्धार तथा राहत र पुनः निर्माणका क्रममा भएका विकृती, विसङ्गति र बेथितिलाई प्रहार गरेका छन्,कृतिमा । भूकम्पका बिषयमा अनेकन कृतिहरु भेटिन्छन्,बजारमा । तर भूकम्पपछि सरकारी उच्च सेवामा रहेर पुर्ननिर्माणकै काममा संग्लग्न रहेका वस्तीको ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ कृति विद्यालय÷विश्वविद्यालयका विद्यार्थी, शिक्षार्थी, शोधार्थीका अलवा भावी पुस्ताका लागि समेत अध्ययन, अनुसन्धान, अन्वेषणका लागि संग्रहणीय कृति मान्न सकिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष