सचिव अधिकारी सेवानिवृत्त,एकै पटक ४ सचिव पद रिक्त

नेपाल सरकारका सचिव सुरेश अधिकारी सेवा हदका कारण घर फर्किएका छन् । ०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका थिए। उनी पाँच बर्षे सेवा अवधि पूरा गरेर आजबाट फर्किन लागेका हुन । मन्त्रालयले चार बजे सचिव बिदाइको कार्यक्रम राखेको छ ।

बिज्ञापन

निजामती सेवामा ३६ वर्ष काम गरेका अधिकारी सहसचिव हुँदा गृह मन्त्रालय र मातहतका विभिन्न निकाय, सुचना तथा सञ्चार मन्त्रालय, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर महत्वपुर्ण जिम्मेवारी निर्वाह गरे ।

बिज्ञापन

यस्तै सचिवमा बढुवा भए पछि कोशी प्रदेश प्रमुख सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिताए ।

अधिकारीले अवकाश पाएसँगै चार सचिव पद रिक्त हुन पुगेको छ । वैशाख १७ गते एकै दिन तीन सचिव रिक्त हुन पुगेको छ । यस्तै सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले आजैबाट सेवानिवृत्त हुँदैछन् । पाँच महिनादेखि न्यायपरिषद् सचिव रिक्त छ । यस्तै ११ दिन पछि अर्को सचिव घर जाँदैछन् । २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल सेवानिवृत्त हुन लागेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

यज्ञबहादुर ओलीः वैचारिक स्पष्टता, संस्थागत पारदर्शिता र युवा नेतृत्वको झिल्कासहित युनियन अध्यक्षतर्फको यात्रा

मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

राष्ट्रिय सभामा पेश हुँदै संघीय निजामती सेवा विद्येयक

सिफारिस समितितिर घुम्यो शंकाको सुँइ

४ महिना १७ दिनमै निलम्बनमा परे ओझा,प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव पोखरेललाई

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

बिशेष