आइटीका खलनायक :-विकललाई अख्तियारको हिरासत, सुनिल डिल्लीबजार कारागार चलान

व्यक्ति जतिसुकै शक्तिशाली भए पनि अपराध गरेपछि एक न एक दिन कानुनको कठाघरामा उभिनैपर्छ । शक्ति केन्द्रको आडमा राज्यकोषको करोडौं ब्रह्मलुट गरेर रकम विदेश ओसार्दा पनि विगतमा छुट पाउँदै आएका थिए सुनिल र विकल पौडेलले । अहिले यी मध्ये एक अख्तियारको हिरासतमा र अर्काे डिल्लीबजार कारागारमा चलान भएका छन् । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सुनिल कारागार चलान भएका छन् ।

बिज्ञापन

कुनै समय नेपालको सूचना प्रविधि क्षेत्रमा सुनिल र विकल पौडेलहरुकै चकचकी थियो । यी दुइमाथि उपर अहिले अख्तियारले एक पछि अर्काे भ्रष्टाचार मुद्धा चलाइरहेको छ । नेपालको सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका विकल अहिले अख्तियारको हिरासतमा छन् । शुक्रवारमात्र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेषले नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका ९ मध्ये सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेष अदालतले उनै सुनिललाई थुनामा पठाउन आदेश दिएको छ । विशेषको आदेशसँगै सुनिल सुनिल पौडेल डिल्लीबजार जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अवैध सम्पत्ति लुकाउनसक्ने भन्दै अदालतले थुनामा पठाएको हो । पौडेलद्धयलाई अख्तियारले गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

बिज्ञापन

यता अहिले अख्तियारको हिरासतमा रहेका विकल पौडेलमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा आइतबार विशेषमा मुद्दा दायर गरेको हो । अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएका विकललाई उक्त कुरा ढाँटेर सार्वजनिक पदमा नियुक्ति खाएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । आइटीका डन मानिएका र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनी अख्तियारको हिरासतमा छन् । उनीहरुमाथि नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको, सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको आरोप लागेको छ ।

त्यस्तै, विकल पौडेलको हकमा उनले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएको देखिएसँगै पौडेललाई विशेष अदालतमा मुद्धा दायर गरेको हो । यिनै विकलसँग अनुचित लेनदेनमा मुख्यसचिव बैकुण्ठ अर्याल जोडिएको प्रमाणसमेत सार्वजनिक हुँदा समेत अर्याललाई भने अख्तियारले सुन पानी छर्किदै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘१९ बुँदे सम्झौता पत्र अक्षरश कार्यान्वयन हुनुपर्दछ’ : संयोजक गौतम

नेपालको पहिलो एस्काभेटर चालक महिला मुनाको कहालीलाग्दो संघर्ष

सूचनाको हक र पारदर्शिता 

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

बिशेष