यातायात पछि अभिलेख विभागको महानिर्देशकलाई कार्यकक्षमै दलियो मोसो

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ ।

बिज्ञापन

उनलाई क्रान्तिकारी माओवादी बताउने युवाहरूले बुधवार अपरान्ह बबरमहलस्थित कार्यकक्षमै छिरेर कालोमोसो दलेका हुन् । मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गरेको आरोप लगाउँदै मोसो दलेका थिए।
यसरी मोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी ६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर छन्।

बिज्ञापन

यस अघि तीन महिना अघिमात्र यातायात व्यवस्था विभागका महानिर्देशकलाई यसैगरी कार्यकक्षमा मोसो दलिएको थियो । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै माघ अन्तिममा मिनभवनस्थित कार्यकक्षमा पुगेर कालोमोसो दलेर दुर्व्यवहार गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

बिशेष