तिम्रो नाच हेरिरहेको छ

देशको यौटा कुनामा बस्नेले
तिम्रो दिनदिनको
नाच हेरिरहेको छ
ऊ आफू बस्ने गरो माथि
डिलैबाट गाडी कुनै दिन गुड्ला
भनी आस गरिरहेछ!

बिज्ञापन

भैरहेको बाटोमा
अब धुलो त नउड्ला भनी
त्यहीँ मुन्तिरको सानो झुप्रोमा
आसाको लामो श्वास फेर्दै
बास गरिरहेको छ।
नाचिरहेको तिमी
अब नाच्न छोडेर
नृत्य संसारबाट
बाहिरियौ कि भनी
ऊ घरिघरि झुप्रोबाट उठेर
नाचघरतिर यसो नियाल्छ
तिमिलाई एकैछिन भएपनि
मंचमा नदेख्दा
उसका आसाका किरणहरू
भरोसाका ज्वालाहरू
कतै विस्फोट भएर धुवाँले
आकाशभरि पुत्ताए झैँ फैलन्छन्
अनि,ऊ तुरून्तै
घरमाथिको गरोमा गएर हेर्छ
तर ऊ त्यहाँ पाउँछ
न बाटो बनेको छ
न त अर्को बाटोमा
धुलो उड्न नै छाडेको छ!
फेरि ऊ तुरुन्तै
निरास भै
झुप्रो मै पस्छ र
यसो मंचमा पुनः हेर्छ
जहाँ तिमी फेरि हुन्छौ

बिज्ञापन

तिमी कतैबाट फर्केर
मंचमा नै
नाचिरहेको देख्दा
ऊ आश्चर्यमा पर्छ!
सर्ट वा लङ
ट्वाइलेट गर्न तिमी गएको
ऊ अनुमान नै लाउन सक्दैन
जुन कुरा बुझ्न उसलाई
कसैको सहयोग चाहिन्छ
र ऊ हो र! भनी
विश्मय बोध गर्छ
तथापि
उसलाई अझै तिम्रो
आसा भने छ
त्यहिँ वरपर
यसो हेर्दै
माखाहरू उड्न छोडेभने
मारिएछन् कि भनी आस गर्छ
वरपर नियाल्दै
धूलो उड्न छोड्यो भने
बाटाहरू बनेछन् कि
भनी आस गर्छ!
मंचमा कोहि देखेन भने
नाच्न छोडेछन् कि
भनी आस गर्छ

तर तिम्रो
पटकपटकको
सर्ट वा लङ ट्वाइलेटले भने
ऊ झुक्किरहेछ
पट्यारलाग्दो तिम्रो नाच र
एक तमासको खेलमा
निकै झिनो
आसाहरूको ढुकढुकिलाई
बचाउदै ऊ
तिम्रो नाच हेरिरहेको छ
तिम्रो नाच हेरिरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष