एभरेष्ट बैंकको नाफा साढे २ अर्ब माथि, अधिकांश सूचकाङ्कमा प्रगति

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकले खुद नाफामा ५.७७ प्रतिशतको वृद्धि भएको हो।

बिज्ञापन

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ रहेको छ। उक्त अवधिको नाफाबाट बैंकले ३१.१७ प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ।

बिज्ञापन

यस्तै चालु आर्थिक वर्षकोको चैत मसान्तसम्म बैंकले २ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ। जस वापत बैंकले ५ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै सो अवधिमा बैंकले ६ अर्ब २९ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको छ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ,वितरणयोग्य नाफा३ अर्ब २६ करोड रुपैयाँबाट घटेर २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ र खराब कर्जा ०.७० प्रतिशत मै स्थिर रहेको छ ।

बिज्ञापन

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष