ठुलो स्थानीय तहमा बजेट होल्ड , सानो तहमा अभाव छ : मन्त्री जोशी

ललित बोहरा,डडेल्धुरा
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले काठमाडौं महानगरपालिका र सुदूरपश्चिम प्रदेशको बजेटको आकार उस्तै उस्तै रहेको बताएका छन् । मन्त्री जोशीले काठमाडौं महानगरपालिका लगायतका ठूला महानगरपालिकाले बजेट होल्ड गर्ने,खर्च गर्न नसक्ने स्थिति रहेको तर राजश्व कम संकलन हुने सानो पालिकाले अभाव खेप्नु परेको बताएका हुन ।

बिज्ञापन

कार्यक्रमको सिलसिलामा डडेल्धुरा आइपुगेका मन्त्री जोशीले ठूला स्थानीय तहमा बजेट होल्ड हुने र साना स्थानीय तह बजेट अभाव झेल्नुपरिरहेको बताएका हुन ।‘काठमाण्डौ महानगरको बजेट र सुदूपश्चिम प्रदेशको बजेट उस्ता उस्तै छ केही महानगरहरुले बजेट खर्च गर्न सकिरहेका छैनन्, उनले भने, ‘साना स्थानीय तहमा बजेट नै अभावले कम गर्न समस्या छ।’

बिज्ञापन

डडेलधुरामा यहाँका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् । सानो तथा राजस्व संकलन कम भएको स्थानीय तहहरुले बजेट अभाव झेल्नु पर्ने अवस्था रहेका मन्त्री जोशीको भनाई छ ।

उनले स्थानीय तह र सङ्घीय मामिला तथा सामान्य प्रशासनले युवा स्वरोजगारका लागि एकिकृत कार्यक्रम गर्न अर्थ मन्त्रालयलाई बजेट प्रस्ताव गरिएको बताए । ‘एक जिल्लामा एक एकिकृत कार्यक्रम गर्ने पाए युवा स्वरोगारसंग जोड्न सकिन्थो कि भनेर अर्थसंग ५० करोड प्रस्ताव गरेकाछौँ अर्थ मन्त्री सकरात्मक हुनुहुन्छ। ’

बिज्ञापन

फरक प्रशंगमा बोल्दै मन्त्री जोशीले स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षहरुलाई नगर प्रमुख वा अध्यक्षहरुले उनीहरुको अधिकार बाहिर गएर काम गरेको गुनासो पोखे । संविधानले स्थानीय तहमा उप्रमुख वा उपाध्यक्षको अधिकार अनुगमन र न्यायीक समिति लगायतका दिएको स्मण गर्दै मन्त्री जोशीले समन्वय गरेर जान प्रमुखहरुलाई आग्रह गरे ।

स्थानीय तह, प्रदेश, संघका कार्मचारीको क्षमता कसरी बृद्धी गर्ने सकिन्छ भने हाम्रो मन्त्रालय लागिरहेको उनले बताए । मन्त्री जोशीका प्रेस संयोजक डोरेन्द्र खड्का अनुसार,उनी शुत्रmबार नै गृह जिल्ला बझाङ जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष