राजनीति र कर्मचारीतन्त्रमाथि दलालतन्त्र हाबी :-सिंगो प्रशासन संयन्त्र त्राहीमाम

‘काम गरे विवादमा,कामै नगरे हाइसञ्चो !’ नीति नियम बनाउने ठाउँमा बसेका सिंहदरबारका एक सहसचिवको टिप्पणी हो यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ती सहसचिवका अनुसार ‘राजनीति र कर्मचारीतन्त्रमाथि दलालतन्त्र हाबी हुँदै जाँदा अहिले सिंगो प्रशासन संयन्त्र त्राहीमाम छ ।’

बिज्ञापन

निर्णयकर्ता उम्कने,टिप्पणी उठाउने सोझा सिधा कर्मचारीलाई मात्र अख्तियारदेखि मुद्धा मामिला खेप्नुपर्ने भए पछि अहिले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीले कलमै चोप्नै छाडेका अनुभव सुनाउँछन्,उनी । भूमि व्यवस्था मन्त्रालयका सहसचिवको अनुभव पनि उस्तै छ । ‘पहिला क्याविनेटका निर्णय सुप्रिम मान्थ्यौं, तर पछिल्ला चरणमा अदृश्य तत्वले नै सिंहदरबार चलाइरहेको’ अनुभव सुनाउँछन् उनी । सिंहदरबारमा बन्ने नीति नियमले सिंगो देश अगाडि बढ्छ । तर इमान्दार प्रशासकहरु भन्दछन्,‘राम्रो काम गर्न कर्मचारीलाई सिंहदरबारमा वातावरण नै छैन ।’ नक्कली भुटानी शरणार्थी प्रकरण,टेरामक्स, ललिता निवास,सुन काण्ड,वाइवडी,मेलम्ची लगायतका जति पनि भ्रष्टाचारका प्रकरणहरु सार्वजनिक भए । ती प्रकरणमा नेतालाई उन्मुक्ति दिने र रिटायर्ड भएका प्रशासकहरुलाई समेत पोल्न थालिएपछि अचेल सिंहदरबारका कर्मचारीले नीतिगत निर्णय गर्न छाडेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अर्का उपसचिले आफ्नो अनुभव सुनाए ।

बिज्ञापन

पहिला पहिला भन्सार,मालपोत,एयरपोर्ट अध्यागमन जान कर्मचारीहरुको लाइन लाग्दथ्यो । सुन काण्ड पछि अहिले त्यहाँ जाने कर्मचारीको खडेरी लागेको छ । टिआइए भन्सारमा अरुण पोखरेलपछि गोगन बहादुर हमाल हुँदै शोभाकान्त पोखरेललाई त्यहाँ खटाइएको हो तर उनी जानै मानेनन । बरु अहिले आन्तरिक राजश्व कार्यालय पुगे । अत्यन्त संवेदनशील मानिएको उक्त निकाय तीन महिनादेखि निमित्तकै भरमा चलिरहेको सो कार्यालयमा हालैमात्र महेश बराल जिम्मेवारी सम्हाल्न पुगेका छन् । सात जना उपसचिवको दरबन्दी रहेको उक्त कार्यालयमा ४ उपसचिव रिक्त छ । भएका ३ मध्ये पनि उपसचिव श्रीधर टण्डनलाई सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पोलेका कारण २ जनामा सीमित छ । अधिकृतको हविगत पनि उस्तै छ,त्यहाँ । पछिल्लो समयमा विमानस्थल भन्सार,मालपोत,यातायात लगायतका कार्यालय ‘करियर’ भएका कर्मचारीको रोजाइमा पर्न छाडेको टिप्पणी गर्दैछन्,प्रशासकहरु नै ।

उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका आँकडा अनुसार झण्डै ७० कर्मचारी अहिले अतिरिक्त समूहमा छन् । जसमा पाँच सहसचिव,दर्जन बढी उपसचिव,१३ जना सेक्सन अफिसर अहिले बरण्डामा छन् । तीन महिना अगाडि बढुवा भएका सहसचिव राजेश गौतम,जीवन प्रसाद दुलालदेखि राजश्वबाट सामान्यमा तानिएका अर्जुन भट्टराईहरु अतिरिक्तमै छन् । यस्तै उपसचिवद्वय टीकाराम ढकाल, नन्दराज ज्ञवाली, शाखा अधिकृतहरू पर्शुराम उपाध्याय, राजु नेपाल लगायत कर्मचारी अतिरिक्त समूहमा बसेका छन् । काम गरे विवादमा पर्ने,कामै नगरे हाइसञ्चो । उनीहरुको दैनिकी बनेको छ कार्यालय समयमा आउने र हाजिर गर्ने फर्कनेमा सीमित छ ।

बिज्ञापन

प्रशासन संयन्त्रसभित्र डिलरसीपको निर्णय ओभरसुट हुन थाल्यो । कुनै पनि निर्णय मन्त्रालय,वालुवाटारमा होइन । अदृश्य तत्वले निर्णय गराउने,आफू कतै नदेखिने,टिप्पणी उठाउने,सदर गर्नेसम्म प्रशासकहरु फस्न थालेकोप्रति पीरलो पोख्छन्,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्काे अफिसर  ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष