प्रतिनिधि सभाको बैठक बस्दै,संघीय निजामती सेवा विद्येयक पठाउला त समितिमा ?

प्रतिनिधि सभाको हिँउदे अधिवेशनको अन्तिम बैठक आज बस्दै छ । अस्ति चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ । यही कारण चालु आर्थिक बर्षको यो अन्तिम हिँउदे अधिवेशनको बैठक हो ।

बिज्ञापन

आजको बैठकका सम्भावित कार्यसूचीमा विभिन्न आठ वटा विषयलाई राखिएको छ ।आजको बैठकले संघीयतापछिको महत्वपूर्ण मानिएको संघीय निजामती सेवा विद्येयक संसदस्य समितिमा पठाउन सक्ने सम्भवना छ । संसद सचिवालय स्रोतका अनुसार,संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटा सिटिङमा मात्र अल्झिएको छ । आज बस्ने बैठकले उक्त विद्येयक राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको खण्डमा उक्त समितिमा दफादार छलफल हुने अन्यथा विद्येयक अर्को अधिवेशनसम्म त्यतिकै अल्झने संसद सचिवलायका एक उपसचिवले कर्मचारी प्रेसलाई बताए ।

बिज्ञापन

आजको बैठकका कार्यसूचीमा आठ वटा बिषयबस्तु समेटिएको छ । जसअनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई सुनाउने,चालू अधिवेशनमा विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीले सांसदका प्रश्नको मौखिक उत्तर दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मरबहादुर थापाले ’सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन २०८० पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विद्यालय २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने समेत सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

वैदेशिक लगानीको सीमा हट्यो

ल्याण्डरोभर गाडीमा करोडौं कर छली,भन्सार विभागले बनायो निर्देशकको नेतृत्वमा छानबिन समिति

रसुवा युवा संघका उपाध्यक्षद्धारा संगठन परित्याग

१७ बर्षे किशोरी बलात्कृत,मेयर पक्राउ

बिशेष