सीमा क्षेत्रमा तस्करद्धारा सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । मोरङको रतुवामाई नगरपालिका १ सोनापुरस्थित सीमा नाकामा सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सहस्त्र प्रहरी हबलदार युवराज तामाङमाथि आक्रमण भएको हो ।

बिज्ञापन

आज बिहान ५ बजे ४ जनाको सुरक्षा गस्ति टोलीलाई पोष्ट भन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सिमा स्तम्भ नं. १५७/१ नजिक भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २ वटा साईकलमा नेपालतर्फ ल्याउदै गरेको धान नियन्त्रण लिन खोज्दा तस्कर र प्रहरी बिच ववाद भएको थियो ।

बिज्ञापन

रतुवामाई-१ सोनापुर बस्ने सदिल मियाँको छोरा अन्दाजी बर्ष ३५/४० का साबर मियाले ढुङ्गगा प्रहार गर्दा सशस्त्र प्रहरी हवालदारको टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाईते भएको र निजलाई अस्पतालमा उपचार भईरहेका लागि लगिएको प्रहरीले जनाएको छ।

ढुङ्गा हान्ने तस्कर/ब्यक्ति फरार रहेको हुदा उनको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

बिज्ञापन

तस्कर समूहले ड्युटीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहिलोपटक भने होइन । यसअघि पनि नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहबाट आक्रमण हुँदै आएको छ ।

सीमाबाट हुने तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमामा काम गर्नु चुनौतीपूर्ण रहेको छ । नेपालमा सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ ।

सीमा सुरक्षा र सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्नु सशस्त्रको दायित्व हो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा कानुन पालना गर्नु सशस्त्रको दायित्व हो । त्यसैले, सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कांग्रेसका दुई मन्त्री कठिनाइमा

३० लाख टिकटक भिडियो गायब

‘संवैद्यानिक निकायहरु रिटायर्डमेन्ट क्लब बने, कर्मचारीहरुहरुको कुलिङ पिरियड अत्यावश्यक छ’

“शिक्षा, संस्कार र समाजको पुनर्जागरणमा ‘ज्ञानचक्षु सज्जन विज्ञान’ : ज्ञानहरि पौडेलको दृष्टि र दृष्टान्त”

रविलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

निजामती विद्येयक आगामी मंगलबार संसदमा दर्ता हुने, कुलिङ पिरियडबाट व्याक नहुने

लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

२६ उपसचिवहरूको सरुवा

बिशेष